नेपालकै चर्चित ब्याण्ड कबवेभले अष्ट्रेलियाको राजधानी क्यानबेरामा धमाका मच्चाउने भएको छ । जे ए ब्रदर्शको आयोजनामा सेप्टेम्बर १८, २०२२ का दिन ट्रान्जिट बारमा सॉंझ ६ बजेदेखि हुने भनिएको कार्यक्रमलाइ एसिटि माइग्रेसन सर्भिस, मिड सिटि कलेजले प्रायोजन गरेका छन् भने पावर वाइ क्यानबेरा क्यापिटल मोर्गेज ब्रेकर रहेका छन् ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कबवेभ ब्याण्डको धमाका कस्तो रहला ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=216%2C57&ssl=1)
मर्सिडिज नाइट नाम दिइएको उक्त कार्यक्रम कबवेभ जन्मिएको ३० औं बर्ष पनि पुगेको छ । आयोजक टिमले सबैलाइ कार्यक्रममा उपस्थित भएर नेपाली गीत संगीत र ब्याण्डहरुलाइ प्रोत्साहन गरिदिनुहुनेछ भन्ने आशा रहेको कुरा आयोजक कर्मा लामाले हामीलाइ बताउनु भएको छ । कार्यक्रमलाइ बिभिन्न संघ संस्थाहरुले आर्थिक तथा अन्य सहयोग गरेका छन् । कबवेभका मार्योनि, मर्सिडिज बेन्ज, तिम्रो मॉंया, पिरतीको नसा गीतहरु चर्चित छन् । कार्यक्रममा १८ बर्ष भन्दा माथिका ब्यक्तिहरुले मात्रै प्रवेश पाउने छन् ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कबवेभ ब्याण्डको धमाका कस्तो रहला ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/426FB8FD-6DF1-4DB5-A815-69A9A5F13BAD.jpeg?resize=640%2C990&ssl=1)