नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने यतिबेला प्रहरि हिरासतमा छन् । उनलाइ केहि समय पहिला नावालिग बलात्कार बिरुद्धको मुद्धा दर्ता भएको थियो । तर लामिछाने र बलात्कार भएको भनिएकि यूवतिका फरक फरक बयान आएका छन् । तर यीनै फरक बयानका बिचमा मुख्य कुरा जन्म दर्ता र नागरिकतामा पुगेको छ । खएर हाल यीनै बिभिन्न बिषयमा सरकारी वकील र सन्दिपका तर्फवाट बहस चलिरहेको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 सन्दिप लामिछाने : घर फर्केलान कि जेल ?
https://successedu.com.au/.

हाल अदालतमा थुनछेक बहस चलिरहेको छ । बुधबारबाट सुरु भएको थुनछेक बहस दोस्रो दिन पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। सन्दीपको पक्षबाट रमण श्रेष्ठ, कृष्ण सापकोटा, लव मैनालीसहितका वरिष्ठ अधिवक्ताहरूले बहस गरेका छन्। अब उनको तर्फबाट शम्भु थापाले मात्र बहस गर्न बाँकी छ।
बिहीबारको बहसमा सन्दीपका तर्फबाट बहस गरेका अधिवक्ताहरूले जाहेरवाल किशोरीको जन्मदर्ता र नागरिकतामाति प्रश्न उठाउँदै उनको उमेरको विषयमा प्रश्न उठाएका छन्। साथै उनीहरूले बलात्कार नभएको दाबी गर्दै कन्याजाली च्यातिएको अन्य कारणले पनि हुनसक्ने बताएका छन्। तर सरकारी निकलता तर्फवाट सन्दिपले बलात्कार गरेको, केटि नावालीग रहेको हुनाले १२ बर्षको कैद र क्षतिपूर्ति दाहि गरिएको छ ।
बिहीबार शम्भु थापाले बहस गरेपछि सरकारी वकिलले पनि छोटो बहस गर्नेछन्। त्यसपछि न्यायधीश माधवप्रसाद घिमिरेले थुनछेक आदेश सुनाउनेछन्। यसपछि भने सन्दिप घर फर्कन्छन् वा जेल जान्छन् भन्ने टुंगो लाग्नेछ ।

Total Page Visits: 899 - Today Page Visits: 1
Shares