केही बेर उनी सङ्ग रमाउने मन थियो
लड्दा यी हात दिई समाउने मन थियो!
आँखामा आँखा जुधाई रङ्गिन साझमा
सङ्ग सङ्गै मेहखाना जमाउने मन थियो!
उनकै तारिफमा गजल रुमानी सुनाई
मलाई वाह!वाह! कमाउने मन थियो!
थाहै भएन उनी त अर्कैको भैसकिछ्न्
हातमा लाल गूलाफ थमाउने मन थियो!
श्रीभक्त पौडेल
चितवन, हाल स्पेन
Total Page Visits: 1399 - Today Page Visits: 1