नजर नजरमा प्यारका कुरा
मनैमनमा भए यारका कुरा

फूली वैलाई सके फूल यहाँ
गरौं केहिपल बहारका कुरा

किनारा एक्लै नदि बगे टाढा
बेकार लाग्छ दोधारका कुरा

धेरै गायौं लहर रहरका गीत
लेखौं है थोरै मझधारका कुरा

थाके होलान् एकान्तमा आँखा
गरौँ ल हाम्रा नयन चारका कुरा

श्रीभक्त पौडेल

चितवन, हाल स्पेन

Total Page Visits: 1015 - Today Page Visits: 2
Shares