‘अब्यक्त प्रेम’मा, फसे पछि साथी
निस्कन नै धौभो, पसे पछि साथी!!

उठ्न खोज्दा झनै, लर्खराए कदम
आफ्नै नजरबाट, खसेपछि साथी!!

न निद न भोक, हराउंछु म एक्लै
छटपटिले ज्यान, कसे पछि साथी!!

हेर्न छोडेँ ऎना, दर्पण झुट बोल्यो
दुनियाँले ध्वाँसो, घसे पछि साथी !!

‘अव्यक्त प्रेम’मा फसे पछि साथी
निस्कन नै धौभो, पसे पछि साथी !!

श्रीभक्त पौडेल “आफन्त”

चितवन, हाल स्पेन

Total Page Visits: 1250 - Today Page Visits: 1
Shares