मेरो कपुरि क सम्वाददाता :- भोटेवडार सार्वजनिक पुस्तकालय सुन्दरबजार न पा -९ भोटेओडार लमजुङले नववर्ष २०७५ को अवसरमा वरिष्ट साहित्यकार श्री प्रल्हाद पोख्रेलको प्रमुख आतिथ्यता र युवा कवि सुदेश सत्याल लगायत राष्ट्रिय तथा स्थानिय स्तरका कविहरुको विशेष उपस्थितिमा कविता वाचन तथा खुला कविता प्रतियोगिताका साथै पुस्तक विमोचन कार्यक्रम राखिएको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ । कार्यक्रम यस प्रकार रहेको छ ।
मिति-२०७५ वैशाख १ गते
समय- विहान १०:३० वजे
स्थान – भक्ति नमुना मा वि को सभाहल, भोटेवडार लमजुगं ।
पुस्तकालयले बिजयीहरुलाइ निम्नानुसार पुरस्कारहरु राखेको कुरा जनाएको छ ।
प्रथम पुरस्कार : रु १००००/-
द्दितीय पुरस्कार – रु ७००० /-
तृतीय पुरस्कार -रु५०००/-
सान्त्वना पुरस्कार – रु १५००/-(दुई जनालाई )
साथमा प्रमाण पत्र
आफना कविता सहभागीहरुलाइ पुस्तकालयले निम्न बमोजिमका सामान्य नियम राखेको छ ।
1. कविता २०० शब्दमा नबढाई लेख्नुपर्नेछ
2. कविता २०७४ चैत्र २७ गते ४:०० बजे सम्ममा आईपुग्नुपर्नेछ ।
3. कविता bhaktinamuna@yahoo.com मा पनि पठाउन सकिनेछ ।
4. उत्कृष्ट कवितामध्ये बढीमा १०वटा वाचन गर्न दिइनेछ र वाचन गर्न स्वयं उपस्थित हुनुपर्नेछ ।
जसकालागी तल उल्लेखित नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क नम्वरहरु :
९८४६१२३६४७
९८४६७३८४४६
९८४६२५१२०९
०६६-४००२०६
यसका अलावा पुस्तकालयका अध्यक्ष बसन्तराज खनाल र सचिव रमाकान्त अधिकारीलाइ सम्पर्क गर्न सक्नुहुनेछ ।