मेरो कपुरि क;- जापानको टोक्योमा एक भव्य समारोहको बिच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रीय रहेको हानामी पर्व ( साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर हाराज्युकु पार्क भित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौ स्रस्टाहरुको उपस्थिती रहेको थियो ।
अन्तरास्ट्रीय नेपाली साहित्य समाज जापान च्यप्टरको आयोजनामा भएको कार्यक्रममा स्रस्टाहरुले साकुरा फुलको मजा लिनुको साथै साहित्यिक खुराकहरु पनि प्रस्तुत गरेका थिए ।

2F4B2828-2DB5-4CB6-9313-CA125F17372F-300x200 साकुराको फुलमुनि हाइकु संग्रह ।
नागानो प्रीफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउमा गत साल झन्डै ४ दर्जन हाइकु कविहरुले स्थलगत रुपमा लेखेका हाइकुहरु समेटी तातेसिनालाई पुस्तक आकार दिइएको हो । प्रा रामकुमार पाडे र प्रकाश पौडेल माइलाको हाइकुको बारेमा लेखिएको खोजमुलक सैद्दान्तिक कार्यपत्र पनि समाबेश छ ।
अनेसास जापान च्याप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु सन्कलनको सम्पादक हाइकुकवि प्रकाश पौडेल ‘माइला’ हुन । बिगत १३ वर्ष देखी जापान मै रही हाइकुको क्षेत्रमा कलम चलाईरहने ‘माइला’ अनेसासका केन्द्रीय कार्य समितीका उपाध्यक्ष समेत हुन ।

2F4B2828-2DB5-4CB6-9313-CA125F17372F-300x200 साकुराको फुलमुनि हाइकु संग्रह ।
अनेसास जापान च्याप्टरका अध्यक्ष दिप पाठकको सभापतित्त्वमा सम्पन्न बिमोचन समारोहको प्रमुख अतिथी भने साकुराको रुखलाई मानिएको थियो । सहारोहमा प्रकाश पौडेल माइला, जिज्ञान कुमार थापा, शालिकराम भन्डारी, पिताम्बर पदमपानी, पुस्कर जङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, बाबुराम भन्डारी, शरद गौचन, मैदेली घिमिरे, दीपक सुबेदी, पदम ठगुन्ना, हरी सापकोटा, अरुण पौडेल, सुर्य खड्का , धिषण निरौला, सरीता ढकाल लगाएतले बोल्नु भएको थियो ।

2F4B2828-2DB5-4CB6-9313-CA125F17372F-300x200 साकुराको फुलमुनि हाइकु संग्रह ।
साथै कविता वाचन गर्ने अन्य कविहरुमा अर्जुन दृष्‍टि पौडेल, मुक्ती सुबेदी ,गिरिजा गैरे, सुमित गिरि, सबिना रेग्मी, विश्वबन्दु भण्डारी, सरद पोख्रेल , हेमन्त गिरी, प्रतीबिम्ब सुमन, आनन्द अधिकारी, पार्थ सुबेदी, मीनराज बास्तोला, भुवन रोका, संगिता अधिकारी,सविना रेग्मी , सुमित गिरी, प्रकृति फुयाल,दीपा घिमिरे, मुक्ति सूबेदी, ज्वाला सङ्रौला, बलराम उपाध्याय आदि हनूथ्यो भने थप सहभागीहरू रोशन कार्की प्रेमिला गौचन, गृश्मा पौडेल, अमृता आर्याल, इन्दु सूबेदी,यशोदा बस्नेत, पूनम बराल लागाएत थुप्रै साहित्य प्रेमी र अनुरागीहरूको उपस्तिथी रहेको थियो कार्यक्रमको सन्चलान रबिन शर्मा र सङ्गीता कुवरले गर्नु भएको थियो ।

Total Page Visits: - Today Page Visits:
Shares