क्यानबेरा नेपलिज क्रिकेट क्लव (सिएनसिसि) ले आज खेलाडीहरुलाइ जर्सी हस्तान्तरण गरेको छ । ह्यूज ओभलमा आयोजीत कार्यक्रममा अतिथिको रुपमा अमरदीप सिंह, लिवरल प्रतिनिधि र मैन्यूल हक मल्टिकल्चर होनोररी एम्बासडर र एनआरएनए एसिटिका संयोजक अशोक बस्नेतको उपस्थिति रहेको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 सिएनसिसिद्वारा खेलाडिहरुलाइ जर्सी हस्तान्तरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=170%2C76&ssl=1)
कार्यक्रममा बोल्दै सिंहले म सदैव नेपाली समाजप्रति नजिक छु । नेपालीहरु सबैले आफनो संस्कृति बोकेर ल्याउनुभएको छ र नेपालीहरु समाजमा सबैसंग मिलेर बस्नेमा नमुना हुन र यसलाइ कायम गरिरहन अनुरोध गर्नुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 सिएनसिसिद्वारा खेलाडिहरुलाइ जर्सी हस्तान्तरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/3B851801-F121-4795-8247-A7796DDE8A1F.jpeg?resize=640%2C480&ssl=1)
त्यस्तै मैन्यूल हकले हरेक क्षेत्रमा नेपालीहरुले ठॉंउ बनाएका छन् । खेलकुदले सदैव हामीलाइ बॉंधेर राखेको हुन्छ । हाम्रो परिवार र केटाकेटिसंगै हामी सबैलाइ बॉंधेर राखेको छ । तपॉंइहरुले आफनो संस्कृति संगै सद्भाव पनि बोकेर ल्याउने सबैलाइ बधाइ दिनुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 सिएनसिसिद्वारा खेलाडिहरुलाइ जर्सी हस्तान्तरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/00D4A9CF-AA5D-409B-873F-3596D900E52A.jpeg?resize=640%2C480&ssl=1)
त्यस्तै सिएनसिसिका मुख्य प्रायोजक सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसका आदर्शजंग पाण्डेले नेपाली संघसंस्था, स्कुल र खेलकुदलाइ सहयोग गरिदिन अतिथिहरुसंग अनुरोध गर्नुभएको थियो । उहॉंले समाजमा रहेका सबै सामाजिक संघ संस्था हरुलाइ आफुले सक्दो सहयोग गरेको र भबिष्यमा पनि गरिरहने बिश्वास ब्यक्त गर्नुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 सिएनसिसिद्वारा खेलाडिहरुलाइ जर्सी हस्तान्तरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/4532ECA2-ADF3-48F4-997C-2961E9766103.jpeg?resize=640%2C480&ssl=1)
क्लवले सम्पूर्ण पुराना तथा नयॉं खेलाडीहरुमा नाम सहितको जर्सी हस्तांतरण गरेको थियो । क्लवका कप्तान आशिष देवकोटाले उपस्थित सबैलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो । क्लवले जर्सी हस्तान्तरण पछि बारबिक्यू गरेको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 सिएनसिसिद्वारा खेलाडिहरुलाइ जर्सी हस्तान्तरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/AD1763D1-E2C1-41E1-8E3A-84197A0FB41B.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 सिएनसिसिद्वारा खेलाडिहरुलाइ जर्सी हस्तान्तरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/D9DF1221-C3CD-453D-94C0-F626787CB929.jpeg?resize=640%2C397&ssl=1)