अष्ट्रेलियामा पढाइ र उज्जवल भबिष्यको चाहना राख्दै नेपालबाट आउने बिध्यार्थीहरुको संख्यामा कमी छैन । राजधानी क्यानबेरामा बिध्यार्थीहरुको संख्या बढे संगै शैक्षिक परामर्शदाताहरुको संख्या पनि बढ्दै गएको छ ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ग्रेसको इन्टरनेशनलको सातौं शाखा राजधानीमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=213%2C95&ssl=1)
ग्रेस इन्टरनेशनसनलले अष्ट्रेलियाका सबै स्टेटमा आफनो शाखा खोलेर काम गरिरहेको छ । आफनो स्थापनाको १६ औं बार्षीकोत्सव पारेर सातौं शाखाको रुपमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा शाखा खोलेको हो । कार्यालय केहि समय अघिनै खोलेपनि यसको बिधिवत ओपनिगं नभएकाले अहिले गरेका हौं क्यानबेराका डिरेक्टर दिपक पाण्डेले बताउनुभयो । ग्रेस क्यानबेराको बिधिवत ओपनिगं १० फेब्रुवरीका दिन भएको हो । ग्रेस इन्टरनेशनल केन्या, भारत, नेपाल र अष्ट्रेलिया गरि २३ भन्दा बढी शाखा बाट आफना सेवा प्रदान गरिरहेको छ ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ग्रेसको इन्टरनेशनलको सातौं शाखा राजधानीमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/620ACF9F-5456-4D15-89CE-862677B0BF6B.jpeg?resize=640%2C480&ssl=1)
कार्यक्रमको प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम कैलाशराज पोखरेल रहनुभएको थियो । उहॉंले नाफा घाटा वा व्यापार भन्दा पनि समुदायका व्यक्तिहरुलाइ हरेक समस्यामा सहयोगी भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।
ग्रेसले बिध्यार्थीको लाइ सहयोगी भूमिका खेल्ने संगै समाजका हरेक क्रियाकलापमा सहकार्य गर्ने लक्ष्य रहेको पनि बताएको छ । कार्यक्रममा डा कृष्ण हमाल सहित गैर-आवासिय नेपाली संघका प्रतिनिधिहरु तथा नेपाली संघ/संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ग्रेसले सबै कलेज यूनिभर्सिटीहरुलाइ मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा बिध्यार्धीहरुका लागी निःशुल्क शैक्षिक परामर्श गरेको थियो । अर्का डिरेक्टर बिशाल थापाले सबै अतिथि एवं सहयोगी हातहरुलाइ धन्यवाद प्रदान गर्नुभएको थियो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ग्रेसको इन्टरनेशनलको सातौं शाखा राजधानीमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/B398FAB1-0E51-464B-88BD-33A041E049AF.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ग्रेसको इन्टरनेशनलको सातौं शाखा राजधानीमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/E279DBF7-EBDF-42FA-9D5E-C54CB703C541.jpeg?resize=640%2C295&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ग्रेसको इन्टरनेशनलको सातौं शाखा राजधानीमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/2217CC99-C53D-4699-9569-638E1E8AAA69.jpeg?resize=640%2C331&ssl=1)