4FE70310-DC56-4379-A08D-5629C61018A6 मौलिक संगीतमा झुम्ने मन छ ? कुटुम्ब आउदैछ ।

क्यानबेरामा रहेर गीत संगीत सहितका अन्य कार्यक्रमहरु गर्ने उद्धेश्यले स्थापित KTM Event Management ले गुठि क्यानबेराको सहयोगमा नेपालको मौलिक धुनमा सिर्जनामा स्थापित ब्याण्ड “कुटुम्व” को कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको मुख्य प्रायोजक सक्सेस एजुकेशन एण्ड भीजा सर्भिस रहेको छ ।

हरेक चाडपर्व सम्वन्धिका चर्चित संगीतहरु सुन्नुभयो भने ति चर्चित मौलिक धुनहरु कुटुम्वका हुन भन्दा हुन्छ । आफना मनछुने संगितहरु पर्वको धुनमा घन्कदा कसको मन छुदैन र होइन ? यो कार्यक्रम नेपालीहरु सहित सबै संगीत मनपराउने र अझै बिशेषत यहि जन्मे हुर्केका नेपाली बाल बालिकाहरुका लागी पनि हाम्रो गीत संगित कस्तो हुन्छ भनेर चिनाउने लक्ष्य रहेको कुरा आयोजक सरोज महर्जनको रहेको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 मौलिक संगीतमा झुम्ने मन छ ? कुटुम्ब आउदैछ ।

कार्यक्रममा स्थानिय गायकहरु नविन केसी र सुनिल सापकोटाले पनि आफनो प्रस्तुति दिनुहुनेछ भने गुठि क्यानबेराले बिशेष धिमे बाजा प्रस्तुत गर्नेछ । तत्पश्चात् कुटुम्वले आफनो प्रस्तुति दिनेछ । कार्यक्रममा बज्ने संगितहरु बिशेषत बिदेशिहरुलाइ पनि मन पर्ने हुनाले यहॉंका मानिसहरुबिच पनि पुर्याउन आफनो प्रयास रहने कुरा आयोजक महर्जनले बताउनुभएको छ । कार्यक्रम जुन १७ सनिबारका दिन सॉंझ ७ बजेबाट Copland Theatre ANU मा हुनेछ । कार्यक्रमलाइ प्लाटिनम स्पोन्सर Dented code, गोल्ड स्पोन्सर Asian Auto रहेको छ भने टेक्नोलोजी पार्टनर 909 IT solution रहेको छ ।

Total Page Visits: - Today Page Visits:
Shares