कपुरि क सम्वाददाता : क्यानबेरामा बिभिन्न सामाजिक कार्य र नेपाली चलचित्रहरुको ब्यवसायीक प्रदर्शन गर्दै आफनो छुट्टै पहिचान बनाउन सफल संस्था भरिया ग्रुपले शत्रु गते चलचित्र प्रदर्शन गर्ने भएको छ । एभरेष्ट बिजनेस कन्सल्ट्यान्ट र ब्रिम्टा एजुकेशन एण्ड रिक्रुटमेन्ट सर्भिस प्लाटिनियम स्पोन्सरमा भरिया ग्रुपले प्रदर्शन गर्न लागेको चलचित्र ९ अप्रिल का दिन इभेन्टस् सिनेमा ग्रिफिप्थमा बेलुकी ६:३० बजे हुनेछ ।
यस चलचित्रमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दिपकराज गिरि, दिपाश्री निरौला, प्रियंका कार्कीका अलावा अहिलेका नयॉं पुस्ताका चलेका नायक नायिका पल शाह र ऑंचल शर्माको मुख्य भूमीका रहेको छ । नेपालमा दर्शक स्रोताको अपार माया पाएको चलचित्रले सामाजिक कथा बोकेको छ ।
शत्रु गते चलचित्रका लागी SBA mortgage and solution, Origin Nepal restaurant & Bar, The Hungry Buddh, Capkon Home Loans, Bharat international लगाएतका संस्थाहरु स्पोन्सर रहेका छन् भने मीडीया पार्टनरको रुपमा merokapurika.com रहेको छ ।![[Tags] 2335709E-19ED-477B-ADB6-B73316257CAC-300x212 शत्रु गते क्यानबेरामा : ९ अप्रिलमा प्रदर्शन हुने](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/2335709E-19ED-477B-ADB6-B73316257CAC.jpeg?resize=300%2C212&ssl=1)