IMG_8539-295x300 ब्रिसवेनमा महाजात्राको जात्रा मा सहभागी हुन आग्रह ।

 

नेपाली चलचित्र ‘महाजात्रा’ अष्ट्रेलियाको शहर ब्रिसवेनमा प्रदर्शन हुने भएको छ । C Events Brisbane and Triple N Infotainment को आयोजनमा महाजात्रा Brisbane Show 22nd March 2024 मा प्रदर्शन हुदै छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ ले दर्शकको मन जित्ने बिश्वास गरिएको छ ।

फिल्मका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताउनुभएको छ । ‘हामीलाई दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले समेत शृङ्खलालाई निरन्तर दिन हौसाएको हो’, कार्यकारी निर्माता बानियाँले एक कार्यक्रममा बताउनुभएको हो ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहनेछ ।
फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेका छन् । यसमा जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

ब्रिसबेनका लागी Title Sponsor Expert Education and Visa Services रहेको छ भने Power by मा Ram Gautam from VISION HOMES रहनुभएको छ । त्यस्तै
सहयोगी संस्थाहरुमा Awesome Parmigiana Bar and Grill, Indus Curry Express Nepalese and Indian Resaturant, Brisbane Spices, AusBridge Institute of Technology रहनुभएको छ । सहयोगी सबै संघ संस्था र ब्यक्तिहरुलाइ धन्यवाद प्रदान गर्दै सबै ब्रिसबेन बासीलाइ चलचित्र हेरेर मनोरन्जन लिन आयोजक अमृत खत्रीले अनुरोध गर्नुभएको छ । टिकटका लागी तलको लिंक प्रयोग गर्नुहोला ।

https://msmticketing.com.au/movie/Mahajatra

IMG_8539-295x300 ब्रिसवेनमा महाजात्राको जात्रा मा सहभागी हुन आग्रह ।

Total Page Visits: 252 - Today Page Visits: 1
Shares