IMG_8539-295x300 एउटा फरक आशा रहेको चलचित्र “अगस्त्य” क्यानबेरामा ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा अगस्त्य प्रदर्शन हुन लागेको हो । CLASS-X events ले प्रदर्शन गर्न लागेको चलचित्रलाइ ३ मार्चका दिन Limelight cinema मा सॉंझ ६ः३० बाट प्रदर्शन गरिन लागेको कुरा आयोजक प्रकाश सापकोटाले बताउनुभएको छ ।

यहि फागुनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य’ लाइ लिएर प्रदर्शकहरुको भरोसा उच्च देखिएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म हेर्नका लागि दर्शकहरुमा व्यग्र प्रतीक्षा छ । चलचित्रका निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताउनुभएको छ । ती घटना लकडाउन अघिको र लकडाउनको समयमा देखिएको उहॉंको भनाई थियो । ‘ती दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट आएको थियो । यो फिल्म दर्शकका लागि सिनेमाटिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो फिल्ममा पाउनुहुनेछ’, सौरभले भन्नुभयो, ‘यो फिल्म हेरिसकेपछि जोकोहीले पनि आफ्नो जीवनसँग जोड्न सक्छन् ।’ चौधरीले यो हेर्दा मधेशको कथा जस्तो देखिएपनि यो समग्र देशको कथा रहेको बताउनुभएको हो ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायाङ्कन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको सङ्गीत छ ।

IMG_8539-295x300 एउटा फरक आशा रहेको चलचित्र “अगस्त्य” क्यानबेरामा ।

Total Page Visits: 235 - Today Page Visits: 2
Shares