IMG_9828-150x150 महाजात्रामा दर्शकको जात्रा ।

नेपाली चलचित्र महाजात्राले अष्ट्रेलियाको राजधानी क्यानबेरामा  पहिलो शो हाउसफुल भएको छ । नेपाल सहित अष्ट्रेलियामा रिलिज गरिएको महाजात्राले बम्पर सुरुवात गरेको छ । अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेलको बिशेष उपस्थितिमा गरिएको प्रदर्शनमा डा कृष्ण हमालको पनि उपस्थिति रहेको थियो ।

IMG_9828-150x150 महाजात्रामा दर्शकको जात्रा ।

चलचित्र पुराना जात्रा र जात्रै जात्राको निरन्तरताको रुपमा महाजात्रालाइ प्रस्तुत गरिएको छ । पैसाले निम्त्याउने अभाव, त्यहि अभावलाइ दवावमा परेर पैसा कसरि कमाउने र सम्पन्न बन्ने भन्ने कथाले चलचित्रलाइ पुरै घुमाएको छ । फिल्मले अघिल्ला शृङ्खला भन्दा बढी रमाइलो दिन्छ नै साथै यसले संदेश पनि दिन्छ । गम्भीर विषयवस्तुलाई निर्देशक भट्टराईले फिल्मी शैलीमा रमाइलो किसिमले प्रस्तुत गर्नुभएको छ । यो फिल्ममा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ’ ।

IMG_9828-150x150 महाजात्रामा दर्शकको जात्रा ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

IMG_9828-150x150 महाजात्रामा दर्शकको जात्रा ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहनुभएको छ ।

IMG_9828-150x150 महाजात्रामा दर्शकको जात्रा ।

क्यानबेरामा पहिलो शो हाउसफ़ुल भएपछि अर्को शो २४ मार्च र ३० मार्चमा गर्नेकुरा आयोजक संस्था पार्टि टाइम नेपालले जनाएको छ । मेरो कपुरी क संगको कुराकानिमा आयोजक संस्थाका प्रशान्त प्रसॉंइले सबै सहयोगी संघ संस्था र ब्यक्तिहरुलाइ धन्यवाद दिनुभएको छ । पहिलो शो हेर्न दर्शकहरुको लाइन लागेको थियो । दोस्रो शोको पनि टिकट लगभग बिक्रि भइसकेको कुरा मदनराज सिग्देलले हामीलाइ बताउनु भएको छ ।

IMG_9828-150x150 महाजात्रामा दर्शकको जात्रा ।

IMG_9828-150x150 महाजात्रामा दर्शकको जात्रा ।

IMG_9828-150x150 महाजात्रामा दर्शकको जात्रा ।

IMG_9828-150x150 महाजात्रामा दर्शकको जात्रा ।

Total Page Visits: 495 - Today Page Visits: 2
Shares