नेपाली नयां बर्ष र आमा खुवाउने औंशीको अबसर पारेर HAPPY MOTHER’S DAY नामक शर्ट मुभी युट्युब मार्फत हालै रिलिज गरिएको छ।
यस मुभीमा आमा र छोराको दयनिय अबश्थालाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ र साथै सन्तानको आफ्नो आमा प्रतिको दायित्वलाई नि चित्रण गरिएको छ।यस कथामा आमाको भुमिकामा नायिका सुचित्रा आचार्यलाई र छोराको भुमिकामा सिद्धार्थ बान्तवा राईलाई देख्न सकिन्छ। यस कथाका लेखक तथा निर्देसक दिलिप खड्का हुन जसले केहि समय अघि केहि म्युजिक भिडियोमा खलनायकको भुमिका निर्बाह गरि सकेका छन।
यस मुभिलाई किरण भण्डारीले छायांकन तथा सम्पादन गरेका छन। गीत संगीतको पनि बेजोड प्रस्तुति रहेको यस मुभिमा चर्चित गायक ईश्वर पोखरेलले आवाज दिनु भएको छ भने शब्द,संगीत पनि किरण भण्डारीको रहेको स्रोतले जनाएको छ।
“यो मुभि हेर्दा आशु थामिएन “ भन्ने दर्सकहरुको प्रतिक्रियाले अझ राम्रो प्रस्तुति दिने हौसला मिलेको निर्देसक दिलिप खड्का भन्नु हुन्छ।
Total Page Visits: 3534 - Today Page Visits: 2