एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई जोधपुरको अदालतले विदेश भ्रमणमा जाने अनुमति दिएको छ । कालो हरिण (मृग)को सिकार गरेको आरोपमा ५ वर्षको सजाय पाएका सलमानलाई केहि दिन पहिले जोधपुरको माथिल्लो अदालतले जमानतमा रिहा गर्ने फैसला गरेको थियो ।

सलमानले नेपालसहित अमेरिका, क्यानडामा आफ्नो कार्यक्रम तय भएको भन्दै अदालतसमक्ष अनुमतिका लागि निवेदन दिएका थिए। अदालतले उनको अनुरोध स्वीकार गर्दै नेपालका देश जाने अनुमति दिएको छ ।

सलमान खान माथि चलचित्र अक्टूबर ११९८ ‘हम साथ साथ हे’ मा कान्काणी गाँउमा दुई कालो हरिणको शिकार गरेको आरोप लगाइएको हो । उनले भर्खरै मेगा प्रोजेक्टको चलचित्र “रेस थ्री” को सुटिङ सकाएका छन् ।

सलमान ओडीसी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको दबङ्ग शोका लागि नेपाल आउने भएका थिए । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाले भारतीय कलाकार आउने सांगितिक कार्यक्रम विथोल्ने धम्की दिएपछि शो स्थगित भएको थियो ।

Total Page Visits: 907 - Today Page Visits: 1
Shares