काठमाडौं ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । काठमाडौंको भृकुटीमण्डपबाट उनलाई केहीबेरअघि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

यसअघि गृह मन्त्रीको निर्देशन लगत्तै बुटबलबाट पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहामगर पक्राउ परेका छन् । रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।

यस्तो सेवा प्रभावित गर्नेलाई ६ महिना कैद र २ महिना जरिबाना हुन सक्नेछ ।  गृहमन्त्री थापाले शुक्रबार बिहान गृहसचिवमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएका थिए ।रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला उनलाई क्लबबाटै पक्राउ गरिएको थियो । उनलाई अहिले टेकुमा राखिएको छ । सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेका थिए । बाह्रखरिमा समाचार छ ।
तस्बिर फेसबुकबाट 8CBF3417-E46D-4478-AF5A-05DA0A6AFC2F-300x195 सिन्डिकेट बिरुद्ध सरकार : सरोज सिटौला पक्राउ ।

Total Page Visits: 1379 - Today Page Visits: 1
Shares