कबिता कति लेखिन्छन कपिमा, कति च्यातिएर खेर जान्छन त कति यसै हराउछन तर अब देखि चाहेको खण्डमा कबितालाई गीति संरचना दिएर संरक्षण गर्न सकिदो रैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो
“मलाई पागल भन्ने गर” कबिता।
सुमन पाण्डे को उक्त कबिता कपिमा मात्रै सिमित नराखी सांगीतिक संरचनामा सजाएर प्रस्तुत गरिएको नेपाली साहित्य र संगीतमा नौलो परिक्षण हो।
कबितालाई किरण भण्डारीले बाचन गरेका छन् भने बिकास उप्रेतिले गाएका छन् । संगीत संयोजन तथा लय किरण भण्डारीको रहेको छ।
भिडियोमा उषा आचार्यको आकर्षक हाउभाईलाई निकै रोचक ढंगले देखाईएको छ। यो भिडियो, उषाको पोर्ट्रेट भिडियो हो जसलाई छायांकन/ सम्पादन र निर्देसन किरण भण्डारीले गरेका छन् ।
सिड्नीको थन्डरस्टोर्म रेकर्डीङ स्टुडियोमा सम्पुर्ण अडियो र भिडियोको काम सकिएको थियो भन्ने जानकारी प्राप्त भएको छ, साथ साथै लेखक सुमन पाण्डले आफ्नो यो कबिता स्व. पत्नी तृप्ति पाण्डे प्रति समर्पण गरेका छन् ।