काठमाडौं। सम्पत्ति विवरणमा चितवनमा एक कट्टा जमिन र तीन तोला सुन मात्र भएका भनिएका कम्युनिस्ट नेता प्रचण्डले आफ्ना दुई छोरीहरू रेणु र गङ्गालाई आफ्नै निवास नजिक घर बनाएर लगेका छन् । छोरा प्रकाशको निधनपछि श्रीमती सीता दाहाल विरामी परिरहने भएपछि प्रचण्डले सीताको रेखदेखलाई पनि सहज हुने गरि छोरीहरुलाई आफू नजिक लगेको पारिवारिक स्रोतले जनाएको छ।
लाजिम्पाटको निवास दाहाल परिवारको लागि नफापेको निष्कर्षपछि ठेकेदार शारदा अधिकारीको नाममा बनाइएको खुमलटारस्थित घरमा बसोवास गर्न पुगेका प्रचण्डले आफ्ना दुवै छोरीलाई आफ्नै निवास नजिक लगेका हुन्। प्रचण्डले आफ्नै नजिकै दुईवटा घर बनाइदिएर छोरीहरुलाई गत वैशाखमा गृहप्रवेश समेत गराएका छन् । तर नयाँ घरको बनाउने सम्पतिको स्रोत भने प्रष्ट छैन।
![[Tags] 7736294C-E097-4423-AC71-D2D61BB35BE6-300x152 तिनतोला सुन भएका प्रचण्डले दिए छोरिहरुलाइ बंगाला ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/7736294C-E097-4423-AC71-D2D61BB35BE6.jpeg?resize=300%2C152&ssl=1)
वैशाखमा घर सर्ने दुईवटा मात्र साइत रहेको र त्यसपछि एकैपटक असोजमा मात्र साइत रहेको थाहा पाएपछि छोरीहरु वैशाख २९ को साइतमा घर सरेका थिए। घरको आन्तरिक काम सकिन बाँकी रहेपनि गत वैशाख २९ गते सनातनी धार्मिक विधिअनुरूप पूजा गरी दुई छोरीहरुलाई गृहप्रवेश गराइएको थियो । धार्मिक विधी अनुसार घरपूजा गर्ने कार्यमा प्रचण्डले छोरीहरुलाई सघाएका थिए।
सशस्त्र द्धन्दका समयमा सबैभन्दा बढी हिन्दु सनातनी धर्म संस्कृती विरुद्ध आक्रमण गर्न लगाएका प्रचण्डले देशलाई धर्मनिरपेक्ष तुल्याउन सर्वाधिक मुख्य भूमिका निर्वाह गरेका थिए। इसाई धर्मप्रति विशेष निकटता दर्शाउने प्रचण्डले छोरीहरूलाई गृहप्रवेश गराउँदा भने सनातन विधिअनुरूप पुरोहित राखेर पूजा गर्न लगाएको विषय नवगठित नेकपा भित्र चर्चामा छ। हाम्राकुराडटकममा खवर छ ।
![[Tags] 7736294C-E097-4423-AC71-D2D61BB35BE6-300x152 तिनतोला सुन भएका प्रचण्डले दिए छोरिहरुलाइ बंगाला ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/FB3C8EE1-B345-4176-A136-771018A7783E.jpeg?resize=300%2C177&ssl=1)