बिनायक अधिकारी; मेरो कपुरि क :- “पुरानो कोट लगाउ नयाँ पुस्तक किन “  भन्ने नाराका साथ एनआरएनए अष्ट्रेलिया एनएसडब्लु  एससीसीले गाला डिनर कार्यक्रम गर्ने भएको छ । नेपालको सात वटा  प्रदेशको ९ वटा  पिछडिएका छेत्रहरुका स्कुलहरुमा  अक्षय  कोषको  स्थापना गरि गरीब तथा  जेहेन्दार बिद्यार्थी हरुलाई  पढाईमा  प्रोत्साहन  गर्ने उद्धेश्यले रहेको छ । रात्री भोज को कार्यक्रम जुलाइ ८ का दिन बेलुकी आयोजना गर्न लागेको हो । यसै अवसरमा  यहाँ गत बर्षको HSC मा  ९५% भन्दा माथि ATAR सहित पास गरेका उत्कृष्ट बिद्यार्थीहरुलाई  पनि सम्मान  गरिने कार्यक्रम  रहेको  जानकारी  एनआरएनए अष्ट्रेलिया एनएसडब्लु  एससीसी का संयोजक नन्दु गुरुगंले दिए । ।  आयोजकले आफना छोरा, छोरी,  भाई, बहिनी आफन्तहरु भएमा यही जुन २० भित्र खबर  गरिदिन पनि अनुरोध गरेको छ । 613F0B42-DCE6-44D1-ACFB-036DE16B6C1B-213x300 नेपालमा स्कुल सहयोगका लागी सिड्नीमा गाला डीनर हुदै ।

Total Page Visits: 1468 - Today Page Visits: 3
Shares