बिनायक अधिकारी :- क्यानबेरामा रहेर क्रिकेट खेलमा सक्रिय संस्था क्यानबेरा नेपलीज क्रिकेट क्लवको साधारण सभा हुने भएको छ । क्लवले पछिल्ला दिनमा बिभिन्न कार्यक्रम गरि आफनो सक्रिय सहभागिता जनाउदै आएको छ । क्यानबेरामा हाल नेपालीहरुको संख्या बढ्दै गइरहेको छ जसले गर्दा खेलप्रति मानिसहरुको चासो बढिरहेको छ । नयॉं पुस्तामा क्रिकेट प्रति धेरै लगाव हुनाले गर्दा पनि हाल खेलाडीहरु पनि उल्लेख्य संख्यामा बृद्दि भएका छन् ।
जुन २३ सनिवारका का दिन ९ बजे देखी हंग्री बुद्ध फेररमा सुरु हुने साधारण सभामा क्लवले आम चालों राख्ने ब्यक्तिहरुलाइ १२ बजे उपस्थित हुन अनुरोध गरेको छ। क्लवले सबैलाइ $२० तिरेर बार्षिक सदस्यता बनिदिन पनि अनुरोध गरेको छ ।
अवका दिन क्लव पुरै नमूना ब्यवस्थापनमा अभ्यासरत हुने हुनाले खेलाडी कोहि ब्यवस्थापनमा नहुने र समाजमा क्लवमा बसेर काम गरिदिनका लागी सबै ब्यक्तिहरुलाइ हामीले अनुरोध गरेका छौं क्लवका सचिव अनिल पाण्डेले बताए ।
यो साधारण सभाले नयॉं समिति चयन गर्ने, बार्षिक प्रतिबेदन र सबै क्लवका बिवरण प्रस्तुत हुवे हुनाले सबैलाइ उपस्थितिका लागी अनुरोध गरेका छौं क्लवका ब्यवस्थापक राजु अधिकारीले भने । साधारण सभाको जानकारी तल दिइएको छ ।
Date: 23/06/2018
Time: 0900-1400 (Public session will be 1200-1400)
Location: Hungry Buddha Farrar.
Contact Details:
Raju Adhikari 0400777756
Anil Pandey 0450332121
Ashish Devkota 0404407735
Yam Prasai 0451067038
Email: canberranepalesecc@gmail.com
![[Tags] 73F974F4-A8B1-46A9-9BDD-B65EA5AFC391-300x141 क्यानबेरा नेपलीज क्रिकेट क्लवको साधारण सभा हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/06/73F974F4-A8B1-46A9-9BDD-B65EA5AFC391.jpeg?resize=300%2C141&ssl=1)