काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडालले फ्रेन्च ओपन जितेर कीर्तिमान रचेका छन् । ‘किङ अफ क्ले’ नाडालले आइतबार राति भएको फाइनल खेलमा सातौं वरियताका डोमिनिक थिएमलाई सीधा सेटमा हराएर उपाधि जितेका हुन् ।

उनले ११ औं पटक फ्रेन्च ओपन जित्ने क्रममा सो खेल ६–४, ६–३, ६–२ को जित हात पार्न ३ घण्टा संघर्ष गर्नु परेको थियो ।

उपाधिसँगै नाडालले १० लाख पाउन्ड पुरस्कार राशि पनि हात पारेका छन् । गत वर्ष पनि जितेका नाडालले सन् २००५ देखि पेरिसको रोलाँ ग्यारोमा आधिपत्य जमाउँदै आएका छन् ।

यो उपाधिसँगै नाडालले ग्रान्डस्लाम उपाधि संख्या १७ पुर्याएका छन् । उनी अब कीर्तिमानी स्वीस खेलाडी रोजर फेडेररसँग ३ उपाधि संख्याबाट टाढा छन् । फेडेररले २० ग्राण्डस्लाम जितेका छन् ।

क्लेकोर्टमा उनको कीर्तिमान ९२.१ प्रतिशत रहेको छ । उनले ग्रासमा ७७.२ र हार्डकोर्टमा ७७ प्रतिशत खेल जितेका छन् ।

नाडालले फ्रेन्च ओपन ११ वटा, युएस ओपन ३ वटा, विम्बल्डन २ वटा र अष्ट्रेलियन १ वटा जितेका छन् । 3F4027E0-ABFF-4D52-8C56-DB13EE638D34-300x200 फ्रेन्च ओपन जीत्दै नाडालले रचे इतिहास ।

Total Page Visits: 927 - Today Page Visits: 2
Shares