मनको बोझ
अमृत खत्री
हर बिहान, हर सॉंझ, हर प्रहर मलाई
किन किन तिम्रो नै शब्द सुनु सुनु लाग्छ
सायद ती बोलीमा मायाका शब्दहरुले
घुम्टो ओढेर होला
म सोचिरहन्छु मेरा मनहरु सोचिरहन्छन्
तिमीले बोल्ने शब्दहरु मेरा आफ्नो मान्छेले बोल्ने कठोर शब्दहरु छैनन् ।
म हराउछु ति मुहारमा र बिर्सन्छु मेरो यर्थार्थ र वास्तविकता
किनकि तिम्रो मुहार
मेरो स्वास प्रश्वासको ढुकढुकी हो त्यसैले त
बिर्सन्छु तिमीलाइ रत डर छ
तिमी केबल शब्दमै सिमीत हुने छौ की भन्ने ।
थाहा छ तिमी केही क्षणको पाहुना हौ भनेर
तर पनि यथार्थको जिवनबाट
तिम्रै साथ टाढा भाग्न मन लाग्छ तर फर्कन्छु वास्तविकतामा र सोच्छु यो सव के हँ ?
म के गरिरहेछु ?
लाग्छ किन किन उनको नामको
बोझको भारि बोकेर बसिरहेछु र
यो पनि सोचिरहन्छु यो मनको बोझ र जीवनको सोच फरक छ भनेर ।
बसिरहन्छु नबोली उनीसंग तिम्रै मायाली शब्द सुनेर
अनी हराउछु म तिनै सपनीमा जो विपनी म पाउन सक्दीन !