एजेन्सी । २१ औं विश्वकप फुटबलको रसियामा भब्य उद्घाटन भएको छ । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा राष्ट्रपति भ्लाद्मिर पुटिनले विश्वकप फुटबलको उद्घाटन गरेका हुन् ।
राष्ट्रपति पुटिनले बिहीबार बेलुका उद्घाटन गर्दै आयोजकको आलोचना भएपनि विश्वकप भब्यताको साथ सम्पन्न गर्ने बताएका थिए । उनले आफूहरु रुसी टोलीको आलोचनाको बारेमा सजग भएको बताउँदै तर आयोजक भएको हुँदा सुरुवाती राम्रो गर्न सके अरुले पनि अनुसरण गर्ने पुटिनले बताए ।
पुटिनले सम्बोधन गर्नुअघि ब्रिटेनका गायक रोबी विलियम्सले प्रस्तुति दिएका थिए । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अतिथिको उपस्थिति थियो ।
करिब ८० हजार दर्शक क्षमता भएको रंगशालामा उद्घाटन समारोहमा फिफाका अध्यक्ष गियानी इन्फान्टिनो लगायत विभिन्न विशिष्ट ब्यक्तित्वको उपस्थिति रहेको थियो ।फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकप एक महिनासम्म चल्नेछ ।
उद्घाटनमा विभिन्न स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन भएको छ । त्यस्तै, समारोहमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो पनि दुई सेलिब्रेटीसँगै उपस्थित भएका थिए ।
रोनाल्डोले २ पटक विश्वकपको ट्रफी ब्राजिललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
उद्घाटन समारोहमा विभिन्न देशका झण्डासँगै मार्चपास गरिएको छ ।
यसैबीच उद्घाटन खेलमा साउदी अरबलाई पराजित गर्दै रसिया विजयी भएको हो । २१औं संस्करणको विश्वकप फुटबलमा आयोजक रसियाले साउदीविरुद्ध ५ गोल गरेको छ ।
२१औं संस्करणको विश्वकप फुटबलमा आयोजक रसियाले जित हात पारेको छ । रसियाले साउदी अरबलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।
लुन्जिकी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरबलाई भारीअन्तरले पराजित गरेको हो । रसियाको जितमा डेनिस चेरिशेभले २ गोल गरे । त्यस्तै, युरी गजिन्स्की, आर्टिम ज्युबा र एलेक्जेन्डर गोलोभिनले गोल गरे ।
खेलको १२औं मिनेटमा गजिन्स्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा चेरिशेभले गोल गर्दै रसियालाई पहिलो हाफसम्म २–० गोलको अग्रतामा पु¥याए । दोस्रो हाफमा रसियाले २ गोल थपेको थियो ।
खेलको ७१औं मिनेटमा आर्टिम ज्युबाले गोल गर्दै ३–० गोलको अग्रतामा पु¥याएका थिए । खेलको अतिरिक्तसमयमा चेरिशेभले गोल गर्दै ४–० गोलको अग्रतामा घरेलु टोलीलाई पु¥याएका थिए । खेल सकिन अन्तिम समयमा एलेक्जेन्डर गोलोभिनले उत्कृष्ट फ्रिकिकबाट गोल गर्दै रसियालाई ५–० गोलको जित दिलाएका हुन् । फोटो गुगल![[Tags] 3F61375F-C538-4697-B6E6-12AC19D25E17 बिश्वकप फुटवलको उद्घाटन भब्य : पहिलो खेलमा आयोजक राष्ट्र बिजयी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/06/64A5BA60-7B36-49E3-834D-6C81C24EDF5C.jpeg?resize=300%2C169&ssl=1)