बिनायक अधिकारी : २३ जुन २०१८ :- क्यानबेरा नेपलिज क्रिकेट क्लव (सिएनसिसि) को प्रथम साधारण सभा २३ जुन २०१८ का दिन सम्पन्न भएको छ । २०१७ मा दर्ता भएको क्लवले दर्ता हुनु अगावैवाट आफनो खेल यात्रा सुरु गरेको थीयो । 

428B0E96-BF9C-4217-B7D8-9B58111EDFEC-300x225 सिएनसिसि साधारण सभा सम्पन्न : प्रदीप भट्टराइको अध्यक्षतामा नयॉं समिति चयन ।

साधारण सभामा उपस्थित सबैलाइ स्वागत सचिव अनिल पाण्डेले गरेका थीए भने उपसभापति बिवेक पालिखेले साधारण सभावाट गठित नयॉं टिमको घोषणा गरेका थीए । साधारण सभाले प्रदीप भट्टराइको अध्यक्षतामा ६सदस्यीय कार्य समिति चयन गरेको छ । समितिमा उपाध्यक्षमा ललित मल्ल, सचिवमा कमल आचार्य, कोषाध्यक्षमा प्रविन आचार्य, सदस्यमा मन तामागं चयन भएका छन् भने अन्य दुइ सदस्य चयन हुन बॉंकी छन् । कार्यसमितिमा क्लवका ब्यवस्थापक राजु अधिकारी र कप्तान आशीष देवकोटा आमन्त्रित सदस्य रहने छन् । 

428B0E96-BF9C-4217-B7D8-9B58111EDFEC-300x225 सिएनसिसि साधारण सभा सम्पन्न : प्रदीप भट्टराइको अध्यक्षतामा नयॉं समिति चयन ।

कार्यक्रममा उपाध्यक्षका ललित मल्लले नयॉं निर्वाचित समितिका तर्फवाट बोलेका थीए भने क्लवका म्यानेजर राजु अधिकारीवाट संस्थाको अवस्था र भावी कार्यनितिका बारेमा जानकारी प्रस्तुत भएको थीयो । हाल नयॉं क्रिकेटरको आगमनले केहि सुधार भएको र ओसिनिया स्पोर्टस मीटमा पहिलोपटक खेलेको जानकारी दिदै संस्थागत सहयोग र प्रायोजकबाट राम्रो सहयोग भएकोले क्लवको अवस्था राम्रो भएको जानकारी दिए । 

क्लवले नयॉं स्लोगन : Consistency/commitment/team work रहेको बताएको छ । क्लवका क्याप्टने आशीष देवकोटाले क्लवको खेल अवस्था प्रस्तुत गरेका थीए । मन तामागं र अनिल पाण्डे द्वारा स्लाइड सो गरेर फोटोवाट क्लवको जानकारी प्रस्तुत गरेका थीए भने नयॉं खेलाडीहरुलाइ जर्सी प्रदान गरिएको थीयो ।

428B0E96-BF9C-4217-B7D8-9B58111EDFEC-300x225 सिएनसिसि साधारण सभा सम्पन्न : प्रदीप भट्टराइको अध्यक्षतामा नयॉं समिति चयन ।

प्रायोजकको तर्फवाट हिमालयन बिजनेस ग्रुपका आदर्शजंग पाण्डेले आगामी बर्ष क्लवलाइ $५००० दिने प्रतिबद्धता ब्यक्त गरे । साथै क्यानबेरा नेपलिज फुटवल क्लवको तर्फवाट रोशन केसीले बोलेका थीए ।

428B0E96-BF9C-4217-B7D8-9B58111EDFEC-300x225 सिएनसिसि साधारण सभा सम्पन्न : प्रदीप भट्टराइको अध्यक्षतामा नयॉं समिति चयन ।

कार्यक्रममा बोल्दै समाजसेवी डा कृष्ण हमालले आफूले क्रिकेट सुरुवात गरेका स्मरण गरेका थीए । क्रिकेट महंगो खेल भएकाले प्रायोजक अत्यन्तै आवश्यक रहेको कुरा गर्दै संस्थाको सहयोगका आफु तयार रहेको बताए । 

अष्ट्रेलिया नेपलिज क्रिकेट एसोसिएशन का अध्यक्ष रुपक चुडाल ले भबिष्यमा धेरै सहयोग हुन सक्ने कुरा ब्यक्त गर्दै २०२० को ओसीयाना स्पोर्ट्स मीट कार्यक्रमका लागी सहयोग गर्न तयार रहेको जानकारी दिए । 

428B0E96-BF9C-4217-B7D8-9B58111EDFEC-300x225 सिएनसिसि साधारण सभा सम्पन्न : प्रदीप भट्टराइको अध्यक्षतामा नयॉं समिति चयन ।

एनआरएनएका कोअर्डीनेटर राजन ढुंगेलले खेल समुदाय र समाजको पहिचान रहेकाले सदैव सहयोग गर्न तयार रहेको बताए । डा डिडि कणेंलवाट अष्ट्रेलिया र क्यानबेरामा खेलकुदको कसरि सुरुवात भयो भन्ने वारेमा जानकारी 

२०२० का लागी सबैजना को सर सहयोग आवस्यक रहेको बताए । अध्यक्ष प्रदीप भट्टराइ द्वारा कार्सक्रमको समापन गर्दै सबै उपस्थित संघ संस्थाका प्रतिनिधि, प्रायोजकहरु हिमालयन बिजनेस ग्रुप, एसबिए मोर्गेज तथा सोलुसन, किचन किगं ग्रोसरि, एमरेष्ट कन्सल्ट्यान्ट्स र ब्रिम्टा एजुकेसन  तथा पत्रकार सहित सबैलाइ धन्यवाद ब्यक्त गरेका थीए । 

428B0E96-BF9C-4217-B7D8-9B58111EDFEC-300x225 सिएनसिसि साधारण सभा सम्पन्न : प्रदीप भट्टराइको अध्यक्षतामा नयॉं समिति चयन ।

साथै संस्थालाइ बलियो बनाउन सबैवाट सहयोग गर्न अनुरोध गर्दै २०२० लागी सहभागी हुने प्रतिबद्धता ब्यक्त गरेका थीए । कार्यक्रम संचालन सचिव कमल आचार्यले गरेका थीए भने कार्यक्रम हंग्री बुद्ध फेररमा भएको थीयो । 

428B0E96-BF9C-4217-B7D8-9B58111EDFEC-300x225 सिएनसिसि साधारण सभा सम्पन्न : प्रदीप भट्टराइको अध्यक्षतामा नयॉं समिति चयन ।

428B0E96-BF9C-4217-B7D8-9B58111EDFEC-300x225 सिएनसिसि साधारण सभा सम्पन्न : प्रदीप भट्टराइको अध्यक्षतामा नयॉं समिति चयन ।

428B0E96-BF9C-4217-B7D8-9B58111EDFEC-300x225 सिएनसिसि साधारण सभा सम्पन्न : प्रदीप भट्टराइको अध्यक्षतामा नयॉं समिति चयन ।

Total Page Visits: 2786 - Today Page Visits: 1
Shares