एजेन्सी। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले विश्वकपको उपाधि जितेर सन्यास लिने चाहाना रहेको बताएका छन्। विश्वकप फुटबलमा समुह चरणको अन्तिम खेल भन्दा अगाडी मेस्सीले त्यस्तो चाहाना ब्यक्त गरेको ‘द मिरर’ले जनाएको छ।

‘विश्वकप उपआधि मेरालागि र अर्जेन्टिनाका लाखौं फुटबल प्रेमीहरुकालागि बिशेष हुनेछ । म विश्वकप उचालेको कल्पना गरेरै हुर्केको हुँ’ उनले मिररसँग भनेका छन्।

विश्वकपको दुई खेलमा खराब अवस्थाबाट गुज्रिरहेकोअर्जेन्टिनाकालागि मेस्सीले यस्तो चाहाना राख्दा उत्साह थपिने निश्चित छ। उनले आफ्नो चाहान मात्र नभई विश्वकप उपाधि जित्ने सपना रहेको खुलासा गरेका छन्।

‘ मैले प्राय सबै प्रमुख उपाधी जितिसकेको छु र विश्वकप जित्न चाहान्छु। मलाई विश्वकप उपाधि नजिती सन्ायस लिने चाहना छैन’ उनले भने।

7538FC29-9121-45AD-BE41-6A6193509626-300x157 बिश्वकप नजितेसम्म सन्यास नलिने मेस्सीको चाहना

उनको चाहना र अर्जेन्टिनाले खेलिरहेको फुटबलको सम्बन्ध अलि नमिल्दो देखिन्छ । पहिलो खेलमा आईसल्याण्डसँग बराबरी गरेको टोलीले क्रोएसीयासँग ३-०को लज्जास्पद हार ब्योहोरेको छ। नाईजेरियासँग जित्नै पर्ने दवाबमा अर्जेन्टिनी टोली रहेको छ।

नाईजेरियासँग जितेर पनि आईसल्याण्डले क्रोएसियालाई जितको अन्तर ठूलो राखेमा अर्जेन्टिना विश्वकपबाट बाहिरिने छ। ३१ बर्षिय मेस्सीलाई यो विश्वकप सायद अन्तिम मौका हो उनको सपना पुरा गर्ने । सन् २०२२को विश्वकपमा ३५ बर्ष पुग्ने मेस्सीले सायद त्यो विश्वकपमा सहभागित जनाउने छैनन्।

उता विश्व फुटबलमा मेस्सीका प्रतिस्पर्धि मानिएका पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले २ खेलमा ४ गोल गर्दै विश्वकपको राम्रो सुरुवात गरिसकेका छन्। क्रिष्टियानोले पोर्चुगललाइ सन् २०१६को युरो कप उपाधि जिताएका थिए भने मेस्सीले कोपा अमेरिका फाईनलमा चिली बिरुद्ध पेनाल्टीमा गोल गर्न नसक्दा टिमले हार ब्योहोरेको थियो।

अन्तराष्ट्रिय फुटबलमा रोनाल्डो मेस्सी भन्दा धेरै सफल मानिन थालेका छण्। मेस्सीको सबै भन्दा उत्कृष्ट बन्ने चाहानामा अन्तराष्ट्रीय फुटबलको प्रदर्शनले बाधा दिन सक्ने अनुमान फुटबल बिश्लेषकहरुको छ।

फोटो : गुगल

Total Page Visits: 1095 - Today Page Visits: 1
Shares