गजल

बिनायक अधिकारी

जनतासंग राजनिति गर्छ सरकार पानी लुकाएर

रेलले जिस्क्यॉंउछ काठमाडौंको कहानी लुकाएर ।

यूवालाइ खाडी पठॉंउछ, रेमीट्यॉंन्समा रजॉंइ गर्छ

पसीना चुहाउदै घर संझन्छन् जवानी लुकाएर ।

पार्कमा नवस भन्छ, होटल गए पुलीस पठाउछ

यो उमेरमा कसरि बसौं ठेकी छेउ मदानी लुकाएर ।

मलाइ चिन्नै सकेनन कसैले वा चिनेर छोडे

मुटु भीत्र सजाएका होलान भाग्यमानी लुकाएर ।

पहिलो रातमै लोग्नेले मन मुटु दुखाएपछि 

मेरै नाममा आइन प्रिया जिन्दगानी लुकाएर ।

Total Page Visits: - Today Page Visits:
Shares