काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक रिपोर्टलाई समेत चुनौती दिएर तुईन युग समाप्त हुने घोषणा गरेका छन् ।राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री कार्यालय मातहतका निकायको बजेटका सन्दर्भमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले तुईन युग समाप्त हुने घोषणा गरेका हुन् ।

उनले भने, ‘म अघिल्लो पटक प्रधानमन्त्री हुँदा तुईन विस्थापित गर्ने योजना ल्याएको थिएँ । म बीचमा नहुँदा त्यसको काम ठप्प भएछ । अहिले फेरि गति लिएको छ । अब तुईन रहँदैनन् ।’

९०–९५ वटा तुईन विस्थापित भईसकेका छन् । १६ ठाउँमा तुईन विस्थापित गर्न सकिँदैन भन्ने प्राविधिक रिपोर्टलाई पनि मैले चुनौती दिएर भनेको छुँ, उनले भने, ‘त्यहाँ झोलुङ्गे पुल अडिँदैन भने केवलकार बनाइन्छ । तुइनबाट कोही नेपालीका छोरा छोरीले खस्नु पर्दैन ।’ केवलकार बनाउन भलै अलिक बढी खर्च होला तर, तुईन युग सम्माप्त हुन्छ ।

आज भोलि खुब तुईनका फोटा देखाईरहेका छन् । उनले हाँस्दै भने, ‘कतै कतै बाँकी रहेकाहरुको फोटो खिचेर ल्याएका हुन् वा पोहोर परारका बचेकुचेका । खुब पोष्ट्याईरहेका छन् ।’ मैले भनेको पनि थिए, ‘तुइनको फोटो खिचेर राख्नु भोलि छोरा नातीलाई यस्तो थियो भनेर देखाउन हुन्छ भनेर ।’

हाम्रा मन्त्रालय पनि कस्ता छन भने, काम गरिसकेपछि खुसी भएर बस्दिन्छन्, प्रचार गर्दैनन्, त्यसैले तुईनका फोटो देखिरहनु परेको छ । उहाँहरुलाई धन्यवाद छ, किन भने मलाई छिटाे गर भिनरहेका छन् । तुईन विस्थापित गर्ने भनेको फलामको डोरी मात्रै हटाउने होईन, उनले भने, ‘जनताको असुविधा हटाउने हो । आँशु हटाउने हो । कष्ट हटाउने हो ।’ प्रतिपक्षीलाई उनले खुसी हुनुस् भने । उनले तपाईहरुले भ्रष्टाचार नगर्ने इमानदार र काम गर्ने प्रधानमन्त्री पाउनु भएको छ, खुसी हुनुस्, भने,, अनि वक्तव्य टुंग्याए । हाम्राकुराडटकममा खवर छ । फ़ाइल फोटो ।

Total Page Visits: 1274 - Today Page Visits: 1
Shares