ए सरकार ! चर्चा पनि ओलि कै भो
जुम्ला कर्णालीमा आज गोलि कै भो !!
न हर्ष छ न बिस्मात अर्धचेतमा छस
केवल दम्भ दुई तियाई झोली कै भो !!
भूपरिबेष्ठित राज्यमा पानी जहाजको
लछार पाटो के लगाईस बोलि कै भो!!
जाल-झेलको ट़ारमा सपनाको खेति
टिक्न सत्ता बन्दुक रक्त खोलि कै भो !
भित्राउछु भन्थ्यौ नयाँ दुलहीहरु खै त
न जन्ती न दुलहा खाली डोली कै भो !!
श्रीभक्त पौडेल “आफन्त”
रामपुर चितवन
Total Page Visits: - Today Page Visits: