बिनायक अधिकारी :- बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाइ मॉंया गर्नेगरुको कमी छैन । चितवन घर भइ हाल
अष्ट्रेलियालाई कर्मथलो बनाएका क्षितीज सापकोटाले आफ्नो हास्यप्रधान गीत माखेसाँग्लो मार्फत अर्को कोसेली थपेका छन् । हाल अष्ट्रेलिया अमेरिका लगाएतका देशहरुमा जान स्टाफ नर्स पढ्ने केटीलाई प्रेम देखाइ उसकै डिपेन्डेन्टमा बिदेशीने सपना देखेका गायकले आफना कुरा पुगे टन्न लोकल कुखुरा र वियरको पार्टि दिने र उता गएपछि आईफोनहरु पठाईदिने भन्दै आफ्ना सबै साथीहरुलाई सहयोग गर्न आग्रह गरेका छन।
गीतमा दुख गरेर आफनी बनाएकी स्टाफ नर्स केटिलाइ बिदेशवाट आउने केटाहरुले बिहे गरेर लैदिएपछि आफनो बिचल्ली हुने देखाएका छन् । यो समस्याको रुपमा देखिएको गीतमा आएको छ । क्षितिज सापकोटाको शब्द संगित र स्वरमा सजिएको “माखेसाँग्लो” को भिडीयो रविन्द्र बरालले खिचेका छन भने पुष्प खड्का र नग्मा श्रेष्ठले अभिनय गरेका छन।