सक्छौ भने समाउ सरकार एक एक ति भ्रष्ट्रचारीलाई
ब्वाँसो झैं लुछ्न पल्किएका नरपिचास बलात्कारीलाई
समाजमा विकृति फैलाउने ढोंगी र कु- कृतिको बिउ छर्ने
सत्यम् शिवम् सुन्दरम्को खोल ओढ्ने नकाबधारीलाई
छोरा छोरी श्रीमतीको बिचल्ली बनाएर मुख लुकाऊदै
भेष बदली बदली दुनियाँलाई लुट्दै हिड्ने ब्रह्मचारीलाई
छोरीचेली ,बालबच्चा जोगाउनै गाह्रो हुने भो समाजमा
पैसाको लालचमा अरुको ज्यान लिने आतंककारीलाई
जय जयकार हुनेछ जब यिनलाई कठाघारमा उभ्याउछौ
निर्मुल पारीदेउ अब राष्ट्रको ढुकुटी रित्याउने भिखारीलाई
अनिता भण्डारी (पौडेल )
नयाँ बानेश्वर ,काठमाडौँ
Total Page Visits: 920 - Today Page Visits: 1