वर आउ भन्दा भन्दै, तर्किएर हिंड्थ्यौ तिमी
मिठै बोलेपनि सधैं, झर्किएर हिड्थ्यौ तिमी !!

बालपनको बानी अझै,गाछैन भन्छ्यौ आफैं
अघिदेखे मलाई भने, फर्किएर हिंड्थ्यौ तिमी !!

समयको अन्तरालमा, चिनिन पुग्यौं आज
देखाउन मलाई नै, मर्किएर हिड्थ्यौ तिमी !!

नाकमा नै रिस कस्तो तिम्रो, आँखा यसै तर्ने
इशारामा बोल्न खोजें, चर्किएर हिंड्थ्यौ तिमी !!

बुझीबुझी बुझ पचाउने, आज पनि त्यस्तै छ्यौ कि ??.
दुई पाउ भूईंमा बजार्दै, चर्किएर हिंड्थ्यौ तिमी !!

श्रीभक्त पौडेल ‘आफन्त’

चितवन हाल आइसल्याण्ड

Total Page Visits: 1035 - Today Page Visits: 1
Shares