बिनायक अधिकारी :- गौली इभेन्ट्स म्यानेजमेन्ट्स द्वारा आयोजित हिमालयन बिजनेस तिज मेला भब्य रुपमा सम्पन्न भएको छ । सम्भवत यो क्यानबेरामै पहिलोपटक अत्याधिक दर्शक भएको कार्यक्रम हो भन्दा अन्यथा हुदैन । १७ सेव्टेम्वर २०१८ का दिन सम्पन्न भएको उक्त कार्यक्रमलाइ प्रायोजन गर्ने र बिभिन्न रुपमा सहयोग गर्ने संघ संस्था तथा ब्यक्तिहरुलाइ कदर पत्र प्रदान गरेको छ । 

2A74C6C4-CF3B-4C57-AC22-43DC43BF1F32-300x225 गौली इभेन्ट्स द्वारा कदर पत्र प्रदान ।

कार्यक्रममा मुख्य प्रायोजक हिमालयन बिजनेस ग्रुप का आदर्शजंग पाण्डे तथा मन तामागं, जेबि एजुकेशनका बिक्रम सुबेदि, कृतन फोटोग्राफिका कृतन श्रेष्ठ र मेरो कपुरि क लगाएत अन्य थुप्रै सहयोगीहरु उपस्थित भएका थीए । कदर पत्र लिदै हिमालयन बिजनेसका आदर्शजंग पाण्डेले यस्ता ब्यवस्थित तथा भब्य कार्यक्रममा सहयोग गर्न आफु संधै तयार रहेको बताए । उनले आफनो सेवा अझै प्रभावकारि बनाउन दक्ष जनशक्ति थप गरेको हुनाले राम्रो सेवा लागीका लागी आफू सदैव तयार रहेको बताए । त्यस्तै देबी एजुकेशनका बिक्रम सुबेदिले राम्रो कार्यक्रम आयोजना गरि आफुलाइ सहयोग गर्न मौका दिएकोमा धन्यवाद ब्यक्त गरे । गौली इभेन्ट्सका राजु अधिकारी र निरज गौलीले कदरपत्र बितरण गरेका थीए । कार्यक्रम समापन गर्दै गौली इभेन्ट्सका राजु अधिकारीले कार्यक्रमलाइ भब्य तथा सभ्य बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिदै निकट भबिष्यमा यस्ता कार्यक्रमहरु भइरहने बताए ।  कार्यक्रममा उपस्थित सबैका लागी बारबिक्यू गरि खाजाको ब्यवस्था गरिएको थीयो ।

2A74C6C4-CF3B-4C57-AC22-43DC43BF1F32-300x225 गौली इभेन्ट्स द्वारा कदर पत्र प्रदान ।

 

Total Page Visits: - Today Page Visits:
Shares