झरी के हो रुझे पछि थाहा भयो
‘मन’ के हो बुझे पछि थाहा भयो!

पटक पटक तिखा छुरी चलेछन्
घाऊ थियो बल्झेपछि थाहा भयो!

आलिंङ्गनमा थिएं बिहानी भएछ
सपना त्यो ब्युँझे पछि थाहा भयो!

भो भो लाउँदिन भन्थे हिजोसम्म
पिरतीमा अल्झे पछि थाहा भयो!

सकिन तर्किन साँघुरा मोडहरुमा
‘चार नजर’ जुधे पछि थाहा भयो !!

श्रीभक्त पौडेल ‘आफन्त’

अशोज १०, मंगलबार
रेक्याभिक आइसल्याण्ड

Total Page Visits: - Today Page Visits:
Shares