मेर‍ो देश

बासन्ती बनमा,कोकिल ध्वनी।
शरद्को स्वच्छ,उद्यान मुनि ।।
अग्ला पहरा,झरनाका गीत ।
बस्छु रमाइ रम्य दृश्य सित ।।

रम्य छन् कुञ्ज, हरीया लहरा ।
गाउँदै झर्छन् ,अतुल्य छहरा ।।
रक्ताम्यै राता फुलेका गुराँस ।
फैलिएका जाई जुई सुबास ।।

मिलेर हिड्छिन्,साथी संगी संग ।
रमाउँदै गाउँदै , मर्स्याङ्दी गंगा ।।
तराई पहाड हिमको छ ताज ।
सुन्दर नेपाल , भबको छ माझ ।।

यो तपोभुमी ज्ञानभुमी भनेर ।
यो जन्मभुमी,कर्मभुमी भनेर ।।
सबेर उठी शान्तिको गीत गाउँ ।
मरेर लाख यहिं जन्म पाउँ ।।

बिष्णु गुरुङ्ग-(कर्मदा सिर्जना मञ्च नेपाल ।पाउँदी ,लमजुङ्ग ।)

Total Page Visits: - Today Page Visits:
Shares