मेन कुरा यो हो ! मेरा लेखहरु देख्दा तपाईंहरुलाई लाग्दो हो, म अफ द प्लान र हाउस एण्ड ल्याण्डको बिरोधी हो|
हैन, कदापी हैन|
म २०११ देखि प्रोपर्टी मार्केटमा छु, र पनि मैले साइकलको एक भाग (एकोहोरो बढाई) भन्दा बढी देखेको छैन| यदि तपाईंले प्रोपर्टी मार्केटलाइ पछिल्लो समय (२०१६ साल यता) देखि मात्र वाच गर्न थाल्नुभएको छ भने त झन् तपाइंले त्यस साइकलको टुप्पो मात्र देख्नुभएको छ|
~ अफ द प्लान प्रोपर्टी किनेर एकदमै धेरै लाभान्वित हुने व्यक्तिमध्य म पनि एक हुँ| मैले आफैले थुप्रै अफ द प्लान किनेको थिएँ, भाउ बढेको देखेको छु र रिस्क पनि देखेको छु| फेसबुकमा होस् वा भेट्या बेलाँ धेरैलाई यस्तै प्रोपर्टी किन्न उचालेको पनि थिएँ| त्यो २०१२ सालको कुरा थियो ! ७ लाखमा त्यतिबेला अफ द प्लान पाइने ठाउँहरुमा अहिले पनि अफ द प्लान प्रोपर्टी बिक्रि छन्, तर मिलियन डलर जतिमा ! त्यो ठाउँको पोटेन्सियल छ भन्दैमा, जम्मा ४ बर्षको दौरानमा त्यही ठाउँमा त्यस्तै प्रोपर्टी मिलियन डलरमा अफ द प्लान किन्नुस भन्न सकिन्न| केहि समय वेट गर्न पनि सकिन्छ र यदि यो प्राइस राइज कन्सोलीडेट भयो भने विचार गरौंला|
~ ओरान पार्कमा पुग्ने सम्भवत पहिलो (२०१३ को शुरुवाततिर) केहि नेपालीमध्य म पर्दछु होला| कहीं केहि नभएको बेलामा त्यहाँको मास्टर प्लान बारे थाहा पाएर फास्टेस्ट ग्रोइङ्ग टाउन हो, भनेर फेस्बूकाँ फोटो हालेर प्राइस राइजको पोटेन्सियल हुन सक्छ, किन्ने हो भने खबर पाम भनेर उचालेको थिएँ| त्यतिबेला, झन्डै ६०० बर्ग मीटर जग्गालाइ २ लाख ५० हजार डलरभन्दा सस्तोमा पाइन्थ्यो र केहीलाई किनाएको पनि हो| अहिले पनि ओरान पार्क फास्टेस्ट ग्रोइङ्ग टाउन नै हो, तर ५ बर्ष भित्रमा त्यही जग्गाहरुलाई डबल भन्दा बढी माग्दा र बैंकहरुले लोनमा गरेको कडाइ हेर्दा प्राइस पोटेंसीयल सम्बन्धी २०१३ को डायलग फेरी दोहोर्याउन सकिन्न|
~ सेकेन्ड एअरपोर्ट लगायत कुनै पनि ठुलो प्रोजेक्ट आउन लाग्यो भने त्यस्ता समाचारका २ वटा पाटा हुन्छन – एक्स्पेक्टेड न्यूज कम्पोनेन्ट र अनएक्स्पेक्टेड न्यूज कम्पोनेन्ट| यदि यस्ता समाचारको पछि लागेर प्राइस राइजको नाफा लिने हो भने न्यूज कन्फर्म हुनुभन्दा पहिले किन्नुपर्छ| जस्तै, २०१३ सालतिर मैले उक्साएर एक जना चाइनिज मूलका साथीले ठुलो एकर जग्गा रिजनेबल मूल्यमा किन्नुभएको थियो ब्रिन्जेलीमा| अहिलेको गभर्नमेन्ट प्लान अनुसार उक्त जग्गामा १९० देखि २७० वटा हाउस एण्ड ल्याण्ड प्याकेज निकाल्न मिल्ने व्यहोरा शेयर गर्दै हुनुहुन्थ्यो २ हप्ता जति अघि उहाँले म संग| यदि किन्ने हो भने त्यतिबेला न्यूज कन्फर्म नहुँदै किन्न आँट गर्नुपर्थ्यो, अब सरकारी रुपमा घोषणा भएर काम पनि शुरु भइसकेपछि अनएक्स्पेक्टेड न्यूज त्यति बाँकी रहेन |
माथिका तर्क मेरा व्यक्तिगत बिचार मात्र हुन्, र प्रोपर्टी किन्नु पर्ने , लगानी गर्नुपर्ने बिषयमा मेरो शंकै रहेन| अझै थुप्रै लगानी गरिन्छ होला जीवनकालभर र प्रोपर्टी मार्केटलाइ नजिकबाट नियालिन्छ नै|
यदि आफु बस्ने गरी किन्ने हो भने, आफुलाई पायक पर्ने ठाउँमा किन्नुहोस| भोलिपर्सि बच्चाको पढाइ, खेलकुद लगायतका गतिबिधिमा मात्र तपाइंले हप्ताको २० घण्टाभन्दा बढी समय व्यतित गर्नुपर्ने हुन्छ| त्यहाँ किन्नुहोस, जहाँ काम, पढाइ, होलि डे, परिवार र खेलकुदलाइ नियमित समय दिन सकियोस| यदि यी कुरा ब्यालेन्स गर्न सक्नुभयो भने घरको भाउ बढ्नु र घट्नुले तपाईंलाइ त्यति माने राख्दैन| जहाँ किने पनि हुन्छ, जहिले किने पनि हुन्छ र जस्तो किने पनि हुन्छ| बस, मोर्टगेजको भार उचित ब्यबस्थापन गरे पुग्यो, बस !
यदि, यो वा त्यो कारणले मूल्य बढ्ने पोटेन्सीयलको कुरा गर्नुहुन्छ र त्यसैको कारण प्रोपर्टी किन्ने निर्णय गर्दै हुनुहुन्छ भने चाहिं मार्केट साइकल र कुन खालका प्रोपर्टीहरु कहिले किन्ने भन्ने बारेमा पनि तपाईंले सोच्नै पर्ने हुन्छ|
डा किरण थापाको वालवाट ।