यो इमोशनल ब्ल्याकमेल गर्ने ठाउँ हैन: सुरेन्द्र पाण्डे

काठमाडौँ– सरकार र पार्टीको केन्द्रीय नेतृत्व आलोचनाको अचानोमा परिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकभित्रको आक्रोश अव प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलतर्फ पनि सोजिएको छ।

नेतृत्वले पोखरेललाई मुख्यमन्त्री र प्रदेश इन्चार्ज बनाएकोमा आपत्ति प्रकट गर्दै यसले पार्टीको विधान उल्लंघन भएको निस्कर्षमा स्थायी सदस्यहरु पुगेका छन्।

D33D7B4B-1BCA-4F37-842C-BE91981100F1 प्रदेश पॉंचका मुख्यमन्त्री शंकर पोखरेलको राजिनामा दिने धम्की ।

आफु लक्षित एक पद, एक जिम्मेवारीको प्रश्न सदस्यहरुबाट तेर्सिएपछि पोखरेलले मंगलबारको बैठकमा भनेका थिए ‘दाङबाट निर्विवाद संसदको सदस्य भएतापनि त्यसबेलाका माओवादी नेता कृष्णबहादुर महरालाई त्यहाँ अकोमोडेट गर्नु पर्ने भयो र त्यसवापत आफु प्रदेशको नेतृत्व सम्हाल्न दिने बचन दुवै अध्यक्षबाट पाएका थिएँ। म कुनै पनि हालतमा राजनीतिक जिम्मेवारी छोड्दिनँ, मेरै कारण समस्या भएको हो भन्ने तपाईहरुलाई लागेको हो भने प्रदेशसभा सदस्यबाटै राजीनामा दिन्छु।’

D33D7B4B-1BCA-4F37-842C-BE91981100F1 प्रदेश पॉंचका मुख्यमन्त्री शंकर पोखरेलको राजिनामा दिने धम्की ।

तर त्यसलाई प्रतिवाद गर्दै बुधबार नेता सुरेन्द्र पाण्डेले भने यो ‘इमोशनल व्यलाकमेल ’ गर्ने ठाउँ होइन भनेका छन्। उनले भनेका थिए,’हामीलाई व्यक्ति नभई विधि र प्रक्रियाको मात्रै मतलव हो। तपाईले को को नेतासँग के के कुरा गर्नु भयो हामी मतलब गर्दैनौ।
यसअघि नेता वामदेवले पार्टीका एक अध्यक्षले सरकार र एकले पार्टी चलाउनु पर्ने अभिव्यक्ति दिएपछि त्यसको जवाफमा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीले संविधानले दिने भए प्रचण्ड र आफु दुवै प्रधानमन्त्री हुन्थ्यौँ भनेका थए। त्यसको प्रतिक्रियामा नेता गौतमले तपाईसँग दुई तिहाई छँदैछ, संविधान संशोधन गरेर दुवै प्रधानमन्त्री बन्नुहोस भनेर चुनौती दिएका थिए । साभार : देश संचार डट कम

Total Page Visits: 941 - Today Page Visits: 1
Shares