बिनायक अधिकारी :- नेपाली दुताबास क्यानबेराको आफनै भवन बन्ने प्रकृया अघि बढेको छ । गत मार्चमा अष्ट्रोलियाको राजधानि क्यानबेराको ओमालीमा झण्डै ६१९८ बर्ग मीटर क्षेत्रफलको जग्गा ९९ बर्षको लागी लिजमा लिएको थीयो ।
![[Tags] BB19F8B6-D116-4963-ABE6-8CDE2F497599-1024x768 नेपाली दुताबास क्यानबेराको भवन बन्दै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/BB19F8B6-D116-4963-ABE6-8CDE2F497599.jpeg?resize=640%2C480&ssl=1)
नेपालवाट भवन निर्माणका लागी परराष्ट्र मन्त्रालयका सह सचिव मणी प्रसाद भट्टराइ र शहरी बिकाश तथा भवन निर्माण बिभागका निर्देशक सहितको टोलिले जग्गा अवलोकन तथा भवन निर्माणका लागी सर सल्लाह गरेर फर्किएको र सबै कुरा मन्त्रालयमा अघि बढेको कुरा नेपाली दुताबास क्यानबेराले जनाएको छ ।
![[Tags] BB19F8B6-D116-4963-ABE6-8CDE2F497599-1024x768 नेपाली दुताबास क्यानबेराको भवन बन्दै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/598712B5-B270-40CF-BFB2-893DEC1D4D34.jpeg?resize=640%2C480&ssl=1)
हाल नेपाल सरकारले बजेट अनुमानित प्रकृयामा रहेको त्यसको अन्तिम निर्णय भएपछि भवन निर्माण थालिने कुरा पनि दुताबासले जनाएको छ । आशा गरौं हामीले केहि बर्ष भीत्र आवस्यक सुबिधा सम्पन्न नेपाली दुताबास भवन अष्ट्रेलियाको राजधानि क्यानबेरामा देख्न पाइने छ ।