![[Tags] C7D12D4E-CF12-472E-A169-104C076DF441-150x150 नेपाल आइडलसंगै झुमे क्यानबेराका दर्शक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/C7D12D4E-CF12-472E-A169-104C076DF441.jpeg?resize=150%2C150&ssl=1)
सदा झैं हामी नेपालीहरु समयको कुरामा भने यसपाली झनैं सार्है कमजोर साबित भयौं । सात बजे कार्यक्रम सुरु हुने भनिएतापनि दुइघण्टा ढिलो ९ बजे मात्रै कार्यक्रम सुरु हुन गयो खयर ढिलो हुनुमा बिभिन्न प्राविधिक कमजोरि थिए नै । आयोजक जेम इभेन्टसका निरज गौलिले थपे हामी सबै कुरा तयार गरेर बसेका छौं तर कलाकारहरु तथा उद्धोषक सिड्निवाट आउदा थकित हुनाले पनि केहि ढिलो हुन गएको हो । दर्शकहरु पनि ढिलो गरि कार्यक्रम स्थल आइदिदा आयोजकलाइ कार्यक्रम समयमा गर्न गार्हो भएको पनि हामीले बुझ्यौ त्यसैले समयको महत्व बुझ्नु हामी सबैको कर्तब्य हुन ऑंउछ ।
![[Tags] C7D12D4E-CF12-472E-A169-104C076DF441-150x150 नेपाल आइडलसंगै झुमे क्यानबेराका दर्शक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/92A35B7B-75B4-483B-85E9-C1F9E1A93D42.jpeg?resize=640%2C389&ssl=1)
हामीलाइ केहि समय ढिला त बानि परिसकेकै छ तर कति ढिला भन्ने मात्रै हो । कार्यक्रम सुरुवातमा आयोजकका तर्फवाट राजु अधिकारीले स्पोन्सर र सहयोगी संस्था सबैलाइ धन्यवाद दिए र क्यानबेराकै नृत्यांगना प्रकृतिको नृत्य बाट सुरु भएको कार्यक्रमका सुरुमा अमीत बराल आए र के यो मॉंया हो, पैसा होइन पासो छ परदेशमा भन्दै दर्शकलाइ भावुक बनाए तर अन्त्यमा नचाएरै छोडे । त्यसपछि रकस्टारका पगरि गुथेका पवन गिरिले पप रक गीतवाट दर्शकलाइ थप मनोरन्जन दिए । हो हो माले हो हो भन्दै आइन रुप र स्वरकी धनि अस्मिता अधिकारी । उनले पनि माहोल थप रमाइलो बनाइन र नचाइन यूवाहरु ।
![[Tags] C7D12D4E-CF12-472E-A169-104C076DF441-150x150 नेपाल आइडलसंगै झुमे क्यानबेराका दर्शक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/02C7460E-AB13-44C9-95D0-120DC95250AA.jpeg?resize=640%2C363&ssl=1)
गीत संगीतकै लागी जन्मीएका तथा गजल गायनमा अव्बल गाएक सुमीत पाठकले इन्ष्टाको फोटो तथा झम्के गुलेली गाइरहँदा दर्शकहरु गीत गॉंउदै नाचेर उनलाइ साथ दिइरहेका थिए । जस्ता पनि गीतहरुलाइ सजिलै गाउन सक्छन् भनेर श्रोताहरुवाट वाहवाही कमाएका गायक बिक्रम बरालले अन्य गीतहरु संगै पश्चिमेलि लोकप्रिय गीत सालैजोमा दर्शक मजैले दर्शक नचाए ।
![[Tags] C7D12D4E-CF12-472E-A169-104C076DF441-150x150 नेपाल आइडलसंगै झुमे क्यानबेराका दर्शक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/45DE0ACB-0BEB-483E-BC77-2BB59B8D0871.jpeg?resize=640%2C435&ssl=1)
![[Tags] C7D12D4E-CF12-472E-A169-104C076DF441-150x150 नेपाल आइडलसंगै झुमे क्यानबेराका दर्शक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/AF89871D-0E36-49F0-91FE-18487532038B.jpeg?resize=640%2C408&ssl=1)
बिचबिचमा उद्घोषकको जिम्मा पाएको रिमा बिश्वकर्मा बोलिरहँदा दर्शकहरु झिंझो मानिरहेका थिए किनकी समय ढिलो भइसकेको हुनाले दर्शक सिधै नेपाल आइडलका गीत सुन्न हतारो देखिन्थे तर कार्यक्रमलाइ राम्ररि संचालन गर्नु पर्ने बाध्यता पनि अवस्य हुन्छ नै ।
![[Tags] C7D12D4E-CF12-472E-A169-104C076DF441-150x150 नेपाल आइडलसंगै झुमे क्यानबेराका दर्शक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/6413AC25-B57E-4796-9049-CE1284C5DCED.jpeg?resize=640%2C424&ssl=1)
अन्त्यमा सबैको प्रतिक्षा दोस्रो नेपाल आइडल रबि ओडको थियो । हेर्दा सरल र मीजासीला लाग्ने रवि मुस्कुरॉंउदै आए र सबैलाइ धन्यवाद दिए जसका कारण उनि नेपाल आइडल बने । उनले तुलसी आगनमा रोपौंला भन्ने गीतवाट दर्शक नचाउन सुरु गर्दै झिल्केले जाल बुन्यो र राइझुमा पुग्दा दर्शक मज्जाले नाचेर साथ दिइरहेका थिए । उनको जागुमयी स्वरमा दर्शकको वान्समोर पाइरह्यो र बाध्य भएर अस्मिता अधिकारिलाइ बोलाएर गीत गाए र दर्शक खुसी पारे त्यो गरे जे उनले गर्नै पर्ने थियो ।
![[Tags] C7D12D4E-CF12-472E-A169-104C076DF441-150x150 नेपाल आइडलसंगै झुमे क्यानबेराका दर्शक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/42CE4484-E84F-42C6-8849-0A1174896A24.jpeg?resize=640%2C480&ssl=1)
हिमालयन बिजनेस ग्रुपको मुख्य प्रायोजन रहेको कार्यक्रममा
प्लाटिनम स्पोन्सर जेबि एजुकेशन एण्ड माइग्रेसन, एभरेष्ट ट्राभल एण्ड टुर्स जनरल स्पोन्सर्सहरुमा एडभान्स कलेज र राइट एण्ड एसोसियट छन् भने अष्ट्रेलिया टुर कोअर्डीनेटरमा माउन्ट एटएटफोरएट, ट्राभल पार्टनरमा बुद्ध ट्राभल एण्ड टुर्स, भीजा पार्टनरमा डीएम लीगल एवं इपि माइग्रेसन, सपोर्टरहरुमा यात्री इभेन्ट्स र थ्रि डि इभेन्ट्स त्यस्तै मेकअपमा सुमित्रा हेयर एण्ड ब्यूटि, मिडिया पार्टनरमा मेरो कपुरी क डट कम र फोटोग्राफि पार्टनरमा कृतन फोटोग्राफि रहेका थिए ।
यसपटक हल ठुलो हुनाले मानिसहरुको उपस्थिति कम देखिए जस्तो रहेता पनि झण्डै २५० जना भन्दा बढि संख्या उपस्थित देखिएको थियो । स्टलमा सेल रोटि र म:मको बिक्री गरिएको थियो साथै हिमालयन बिजनेस ग्रुपले फ्रि पानि बितरण गरेको थियो ।