सिड्नीका युवा फूटबलर आरभ शाक्यलाई एभरेष्ट ट्राभल्स र टुअर्सले प्रायोजन गर्ने भएको छ। आरभले Rockdale City Suns FC बाट NSW Football, NPL Youth Division 1 अन्तर्गत खेल्ने सम्पूर्ण खेल सम्बन्धित खर्चहरुको ब्यबस्थापन अब एभरेष्ट ट्राभल्स र टुअर्सले गर्ने छ। ६ वर्षको उमेर बाट फोरेस्ट रेञर एफ सि बाट खेल जिवन आरम्भ गरेका आरभ हाल Rockdale City Suns FC बाट NSW Football, NPL Youth Division 1 मा खेल्छन। आरभले अन्डर ९ देखी अन्डर ११ मा स्याप (Skilled Acquisition Program) सेन्ट जोर्ज एफ सि; अन्डर १२ मा स्याप रकडेल सिटि सन्स एफ सि र अन्डर १३ एनपियल युथ डिभिजन एक हुदै अहिले अन्डर १४ एनपियल युथ डिभिजन एक रकडेल सिटि सन्स सम्मको खेल यात्रा तय गरेको आरभकी आमा रन्जु शाक्य थापाले बताउनु भयो। स्ट्राइकर , लेफट एन्ड राइट उइन्गर र मिडफिल्डरको भूमिकामा खेल्ने आरभ इन्डेभर स्पोर्ट हाइस्कुल मा इन्डेभर स्पोर्ट हाइस्कुल र सिड्नि एफ सि को सहकार्य मा सन्चालित ट्रागेटेड स्पोर्ट प्रोगाम मा २०१७ मा छनौट भएका थिए र उनी निक रिजो इन्टरनेशनल फुट्बल एकाडेमीको पुर्व बिद्यार्थी पनि रहेको आरभका बुबा सामाजिक आगुवा इथान शाक्य बताउनु हुन्छ। आरभलाई एभरेस्ट ट्राभल्स र टुअर्सको प्रायोजनले उस्को खेल प्रतिको लगाब अझ बड्नुका साथै अझै राम्रो गर्न प्रेरणा मिलेको शाक्यले बताउनु भयो।
![[Tags] 6CA6272D-9BF1-4B8E-B580-368E2712A3B7-768x1024 सिड्नीका नेपाली युवा फूटबलरलाई एभरेष्ट ट्राभल्स एण्ड टुअर्सको प्रायोजन](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/6CA6272D-9BF1-4B8E-B580-368E2712A3B7.jpeg?resize=640%2C853&ssl=1)
एभरेस्ट ट्राभल्स एन्ड टुअर्सका प्रमुख कार्यकरी अधिक्रित इर्शाद अहमेदका अनुसार नेपाली प्रतिभावान युवा खेलाडीको प्रतिभाकोकदर स्वरुप आरभको यस फूटबल सत्रमा लाग्ने सम्पूर्ण खर्च (Registration, Insurance, Travel and Accommodation) एभरेस्ट ट्राभल्स एन्ड टुअर्सले बेहोर्ने छ। स्मरणरहोस् एभरेस्ट ट्राभल्स एन्ड टुअर्स सिड्नीमा रहेको नेपाली फूटबल क्लब बेनि एफ सिको प्रायोजक, एन आर एन ए नेपाल फेस्टिवल २०१९ को ट्राभल पर्ट्नर हुनुका साथै जिवन उत्त्थान चिल्ड्रेन्श होम नेपालको लागी आर्थिक सहयोगमा पनि सक्रिय छ।
![[Tags] 6CA6272D-9BF1-4B8E-B580-368E2712A3B7-768x1024 सिड्नीका नेपाली युवा फूटबलरलाई एभरेष्ट ट्राभल्स एण्ड टुअर्सको प्रायोजन](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/C876D4B5-C326-4CB4-873A-652626818650.jpeg?resize=640%2C853&ssl=1)