बिनायक अधिकारी : क्यानबेरा

नेपाली दुताबास क्यानबेराले हाल एआइबिटि कलेज बन्द भइ अन्योलमा परेका नर्सिंग बिषय अध्ययनरत एकहजार भन्दा बढि अन्तराष्ट्रिय बिध्यार्थीहरुको भबिष्य अन्योलमा रहेको बिषयमा चासो देखाइ थप पहल गरेको छ । अष्ट्रेलियाको शैक्षिक क्षेत्रको नियम जॉंच गर्ने निकाय अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटी एस्क्वाले सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलिया ईन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआईबीटी) कलेजको सम्बन्धन खारेज गरेको छ । बिध्यार्थीहरुलाइ गलत सूचनाका साथ पैसा कमाउने उद्देश्यका साथ मार्केटिंग गरेको लगायत कैयौं बुँदामा उसले प्रचलित नियम मिचेको पाइएपछि उसको दर्ता खारेज गर्ने निर्णय गरेको एस्क्वाले जनाएको छ ।

यसरि कलेज बन्द भएपनि कलेजले यसका विरुद्ध अपील गर्ने जनाएको छ । यसरी दर्ता खारेज गरेपछि २८ दिनभित्र अपिल गर्नपाउने कानूनी प्रावधान रहन्छ । तर अव यसका लागी बिध्यार्थीले आफनो गुमेको पैसा असुल उपर गर्न र अध्ययन गरेको बिषयको प्रमाणपत्र पाउनका लागी यहॉंको राम्रा वकिलहरु संग समन्वय गरि संचार माध्यमवाट जस्तै करेन्ट अफिएर्समा आफना कुरा राख्न सकेमा पक्कै केहि राहत हुने छ । 

यसका लागी नेपाली दुतावासले अष्ट्रेलियाको शिक्षा मन्त्रालयमा पत्राचार गरि भविष्य अन्योल बनाइएगा बिध्यार्थीको बारेमा थप पहल गरिदिन अनुरोध गरेको छ । नेपाल बिध्यार्थीको राम्रो स्रोत भएको हुनाले पनि अष्ट्रेलियन सरकारले यस्तो गलत कार्यप्रति पक्कै केहि गर्ने छ हामीले आशा लिएका छौ, नेपाली दुताबास क्यानबेराकी का बा राजदुत दुरपदा सापकोटाले बताउनुभयो । दुताबासले थप कुराहरु बुझ्नकालागी सरोकारवाला र कलेजका सम्वन्धित ब्यक्तिसंग कुरा गर्ने प्रयास रहेको पनि सापकोटाले बताउनुभयो । उहॉंले समस्या परेका बिध्यार्थीहरुलाइ धैर्य गर्न पनि अनुरोध गर्नुभएको छ ।

नेपाली बिध्यार्थीहरुको भबिष्यको कुनै बासेता नगरि पैसाको पछि लाग्ने कलेज र परामर्शदाताहरु सबैले नियमानुसार दण्डीत हुनैपर्दछ र भोलिका दिनमा यस्ता कार्यहरु नगर्न र नगराउन पनि सूचित गराउनु पर्ने देखिन्छ अन्यथा यी परिपाटिहरु दोहोरि रहनेछन् ।

अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटीले पीडित विद्यार्थीहरुले ट्युसन प्रोटेक्सन सर्भिसको फोन नम्बर ०२ ६२७१३४४० मा फोन गरेर आफ्नो विषय राख्न सक्नेछन् भने तल दिइएको लिंकमा कमनवेल्थ ओभरसिज स्टुडेन्ट अम्बुसमेन्टमा समेत गुनासो गर्न सक्नेछन् ।Click This link to contact : http://www.ombudsman.gov.au/How-we-can-help/overseas-students

C07D9840-99A4-4406-8E6D-C6FF828CACA0-875x1024 नेपाली दुताबासद्वारा पिडित बिध्यार्थीका लागी उपयुक्त पहल सुरु ।

Total Page Visits: - Today Page Visits:
Shares