सुदिप त्रिपाठी प्रतीक :ब्रिसबेन

ब्रिसबेन ४, मार्च सोमबार, अस्ट्रेलियाको ब्रिसबेनमा पनि एक बिशेष कार्यक्रम सहित महाशिवरात्री पर्व मनाइएको छ । क्वीन्सल्याण्ड नेपलीज कम्युनिटी सेन्टरको आयोजनमा अस्टेलियाको क्वीन्सल्याण्ड राज्यको विस्रवेन शहरको वभेल हाईट सामुदायिक हलमा महाशिवरात्री पुजा आयोजना गरिएको छ ।
सो पुजामा विस्रेवेनका विभिन्न ठाँउहरुमा बस्ने नेपाली भक्तजनहरु सहभागि भएका थिए । कार्यक्रममा पण्डित केदार पौड्यालले पुजाको सञ्चालन गरेका थिए । पुजामा ठुलो संख्यामा भक्तजनहरु पूजामा सहभागी भएका थिए ।

2C2E072F-1C28-4E8D-9A08-0239C5A32796-1024x768 अस्ट्रेलियाको ब्रिसबेनमा पनि महाशिवरात्री

नेपाल बाहिर रहेर पनि धर्म संस्कृतिको रक्षार्थ कार्यक्रमको आयोजना गरिएको क्वीन्सल्याण्ड नेपलीज कम्यूनिटी सेन्टरका सचिव नारायण पन्थीले जानकारी दिए । पन्थीले आफू नेपालमा रहँदा मनाउदै आइरहेका चाडपर्वको बारेमा अस्टेलियामा नै जन्मेका नेपाली वालबालिकाहरूलाई जानकारी गराउने र भाबी पुस्तालाइ संस्कृतिको जानकारी गराई यसलाइ हस्तान्तरण गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए ।

2C2E072F-1C28-4E8D-9A08-0239C5A32796-1024x768 अस्ट्रेलियाको ब्रिसबेनमा पनि महाशिवरात्री

केन्द्रले आगामी दिनमा पनि नेपाली दाजुभाई दिदीबहिनीहरु माझ, यस्ता खालका कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दे अघि बढने केन्द्रका अध्यक्ष हरि खड्काले जानकारी दिए ।यस्ता खालका कार्यक्रमहरुले नेपालको भाषा संस्कृति विदेशी भूमिमा पनि प्रोत्साहन हुने कुरामा खड्काको जोड थियो ।
कार्यक्रममा शिव पुजा, प्रसाद ग्रहण तथा भजन किर्तन समेत गरिएको थियो । पुजामा सहभागी भएका भक्तजनहरुले अष्ट्रेलियामा रहेर पनि आफनो चाडपर्व मनाउन पाएकोमा खुशी व्यक्त गरेका छन ।

2C2E072F-1C28-4E8D-9A08-0239C5A32796-1024x768 अस्ट्रेलियाको ब्रिसबेनमा पनि महाशिवरात्री
2C2E072F-1C28-4E8D-9A08-0239C5A32796-1024x768 अस्ट्रेलियाको ब्रिसबेनमा पनि महाशिवरात्री
2C2E072F-1C28-4E8D-9A08-0239C5A32796-1024x768 अस्ट्रेलियाको ब्रिसबेनमा पनि महाशिवरात्री

Total Page Visits: 1672 - Today Page Visits: 1
Shares