क्यानबेरा नेपलिज क्रिकेट क्लव पाचौं डिभिजनको फाइनलमा पुगेको छ । गत सनिवार उड डक्स क्लवलाइ २०४ रनको बिशाल अन्तरले हरॉंउदै क्लव फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल क्यानबेरा नेपलिज क्रिकेट क्लवका बिरुद्ध क्यानबेरा राइनोज क्रिकेट क्लव बिच हुनेछ । खेल भोलि १६ मार्चका दिन लाइन्याममा दिनको १२:३० बजे हुनेछ ।
![[Tags] 80C86801-61E0-4BD0-AD29-327C6F481E58-1024x768 क्यानबेरा नेपलिज क्रिकेट क्लव फाइनलमा : पारस खड्काले दिए शुभकामना ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/03/80C86801-61E0-4BD0-AD29-327C6F481E58.jpeg?resize=640%2C480&ssl=1)
साथै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टिमलाइ जितकोलागी शुभकामना दिनुभएको छ । उहॉंले भिडियो मार्फत ब्यवस्थापक राजु अधिकारी सहित प्रेम चौधरिलाइ पनि मेहनत र सहयोगका लागी धन्यवाद दिदै टिमलाइ यो अवस्थासम्म ल्याइपुर्याउन धेरै मेहनत गरेका सबैलाइ धन्यवाद दिनुभएको छ र खेलले सबै नेपालीलाइ एकताको शुत्रमा बाध्न सहयोग गर्ने पनि उहॉंले बताउनुभयो । यो अत्यन्तै खुसीको कुरा हो नेपाली राष्ट्रिय कप्तानले शुभकामना पठाउनु हामी सबै क्यानबेरा बासीको लागी खुसीको कुरा हो ।
फोटो : गुगल