सुदीप त्रिपाठी प्रतीक
विस्रवेन ७, मे

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, क्वीन्सल्याण्ड च्याप्टर, अस्ट्रेलियाको आयोजनामा गत सोमबार ६ मे क दिन ब्रिसबेन विसौनीको नियमित रचना वाचन कार्यक्रमको ८ औ श्रृङ्खला सम्पन्न भएको छ।
अस्ट्रेलियाको ब्रिसबेन स्थित चर्मसाइड पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा दुई दर्जन बढी स्थानीय नेपाली साहित्यप्रेमीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय साहित्यकारहरु केशव शर्मा, बसन्त सुवेदी, तारा बहादुर डागी, गिरीराज खनाल, सुर्दशन दाहाल, सफल घिमिरे, गीता पण्डित, विनोद भक्त आचार्य, राजन कोइराला, राजेन्द्र अधिकारी, सुदिप त्रिपाठी प्रतीक, राजेश्वरी रेग्मी अधिकारी लगायतले आ-आफ्ना काब्य रचना वाचन गरेका थिए । कार्यक्रमको संचालन सफल घिमिरेले गर्नु भएको थियो ।


ब्रिसबेन विसौनीको नियमित श्रृङ्खला हरेक तिन तिन महिनामा सञ्चालन गरिदै आइरहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टर अस्ट्रेलियाका अध्यक्ष केशव शर्माले जानकारी दिए । नेपाली साहित्य प्रेमीहरु र साहित्यिक लेखनमा रुचि राख्नेहरुको साझा थलोको रुपमा स्थापित ब्रिसबेन बिसौनीले केहि बर्ष देखि नियमित रुपमा साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टर अस्ट्रेलियाको आगामी कार्यक्रम भानु जयन्तीको अवसरमा आगामी जुलाई महिनामा गरिने बताइएको छ ।

D8BB6329-0569-4F91-9666-AFB28A128DAE-1024x768 अस्ट्रेलियामा ब्रिसबेन विसौनीको ८ औँ सिर्जना वाचन कार्यक्रम सम्पन्न

Total Page Visits: 1252 - Today Page Visits: 1
Shares