एनआरएन अष्ट्रेलियामा भएको २०१८-२०२१ का लागी भएको चुनावमा क्यानबेरामा चुडामणी सापकोटा (ज्ञानु) को प्यानल सबै बिजयी भएका छन् । हिजो सम्पन्न मतदानमा ७२२ जना मतदाता रहेको क्यानबेरा क्षेत्रमा ५९० मत खसेको थियो जसमा अत्याधिक मत यूथ कोअर्डीनेटर चन्द्र तिवारिले ४१३ मत पाउनुभएको छ भने त्यसपछि कोअर्डिनेटरका उमेदवार चुडामणी सापकोटाले ४१० मत पाउनुभएको छ ।

A1266FF8-FC9D-45AA-9ACF-8C208F2618E6 क्यानबेरामा चुडामणी सापकोटा सहित सबै प्यानल बिजयी ।

त्यस्तै बिजयी हुनेहरुमा डेपुटि कोअर्डीनेटरमा अशोक बस्नेत, सचिवमा बिनायक अधिकारी, सह सचिवमा मनिषा पौडेल, कोषाध्यक्षमा बिशाल कडेंल र सदस्यहरुमा अर्जुन केशी, काशी भुषाल, मान बहादुर तामागं र अभीषेक उप्रेती रहनुभएको छ । एनसिसि मेम्बरमा ललित मल्ल र महेश बशिष्ठ बिजयी हुनुभएको छ । आइसिसि सदस्यमा क्यानबेराबाट प्रतिनिधित्व गर्नुभएका राजु अधिकारीले अध्याधिक मत ३४६८ प्राप्त गरि बिजयी हुनुभएको छ ।

A1266FF8-FC9D-45AA-9ACF-8C208F2618E6 क्यानबेरामा चुडामणी सापकोटा सहित सबै प्यानल बिजयी ।

महिला कोअर्डीनेटरमा सृजना बस्नेत सहित सबै प्यानल निर्बिरोध भएको थियो जसमा डेपुटि वोमन कोअर्डीनेटरमा निषा थापा सहित, मनिषा भण्डारि, अस्मिता गौतम, ननिता बराल, सुभेक्छ्या रानाभाट र निमा ताम्राकार रहनुभएको छ भने यूथ कोअर्डीनेटरमा चन्द्र तिवारी सहित डेपुटि यूथ कोअर्डीनेटरमा ध्रुव आचार्य, धीरज सिलवाल, शिव बस्याल, जीवन थापा, कर्मा लामा र राजेन्द्र घर्ती मगर बिजयी हुनुभएको छ ।

Total Page Visits: - Today Page Visits:
Shares