बिनायक अधिकारी : १० सेन्टेम्वर २०१९

नेपाल कला संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । स्थानिय कलाकारहरुलाइ प्राथमिकता दिइने कार्यक्रममा बिभिन्न किसिमका नृत्य, गायन र साहित्य रहनेकुरा संस्थाका अध्यक्ष दिपक हमालले जानकारि दिनुभयो ।
कार्यक्रममा गायीका आयुष्का खनियाको नयॉं गीत सार्वजनिक हुनेछ । आयुष्काका जुन त लाग्यो ताराले र यो मनले के भन्छ गीत लोकप्रिय भएका थिए । चौध बर्ष भन्दा कम उमेरका बाल बालिकाहरुलाइ निःशुल्क प्रबेशको ब्यवस्था रहेको छ भने बयष्क सबैका लागी $५ शुल्क रहेको छ ।
१४ सेप्टेम्बर २०१९ सनिबारका दिन वेष्टर्नक्रिक कम्यूनिटी सेन्टरमा हुने कार्यक्रम बेलुका ५:३० बाट हुनेछ भने कार्यक्रममा नेपाली खाना र पेय पदार्य रहने जनाइएको छ । कार्यक्रमलाइ अजी होम लोन्सले टाइटल स्पोन्सर गरेको छ भने ब्रिम्टा एजुकेशनले प्लाटिनम स्पोन्सर गरेको छ ।

DC0C119C-EC34-4144-8AC8-50A5BDCFA245-724x1024 क्यानबेरामा सॉंस्कृतिक कार्यक्रम हुदै ।

Total Page Visits: 1503 - Today Page Visits: 1
Shares