बिनायक अधिकारी; क्यानबेरा
अष्ट्रेलियाको राजधानि क्यानबेरामा नेपाल र अष्ट्रेलिया बिच भएको वल्डकप २०२२ क्वालिफाइगं राउन्डको खेलमा नेपाल पराजित भएको छ । सुरुवातिबाटनै अष्ट्रेलियाले आफनो नियन्रणमा लिएको खेलमा नेपाली खेलाडीहरु कमजोर देखाएका थिए ।
अष्ट्रोलियाले पाएको कर्नर सदुपयोग गर्दै चार गोल हेडवाट गरेको थियो । अन्तिम समयमा एक गोल थप्दै अष्ट्रेलियाले ३ गोल मध्यान्तर अघि र दुइ गोल दोस्रो हाफमा भएको थियो । ८५औं मिनेटमा नेपाली प्रशिक्षकले विशाल राईको स्थानमा सन्तोष तामाङलाई मैदानमा प्रवेश गराएका थिए। खेलको ९०औं मिनेटमा नेपालले पाँचौं गोल खायो । अस्ट्रेलियाका जामी म्याकलरेनले नेपाली टोलीका रक्षकहरुलाई छक्याउँदै उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे।
नेपालले गोलपोष्टमा प्रहार गर्ने केहि प्रयास गरेको भएपनि सबै असफल भएको थियो । मध्यान्तर पछि बिमल घर्तीमगर मैदानमा प्रवेस गरेपछि केहि प्रयास भएको थियो तर सबै प्रयास असफल रहे । नेपाल खेलमा कमजोर देखिए पनि गोलकीपर किरण चेमजोगंले सबैको मन जीते । दर्शक दिर्घामा बसेका १८ हज़ार भन्दा धेरै दर्शकहरुमा ८ हजारभन्दा धेरै नेपाली दर्शकहरु थिए जो नेपाल नेपाल भनेर खेलाडीहरुलाइ थप उर्जा दिइरहेका थिए ।
खेलमा खेलाडीहरुलाइ हौसला प्रदान गर्न नेपाली दुतावास क्यानबेराका का बा राजदूत दुरपदा सापकोटा, एनएसडब्लुका बाणिज्यदुत दिपक खड्का, एनआरएनए अष्ट्रोलियाका उपाध्यक्ष चुडामणी सापकोटा, देव गुरुगं लगाएत अन्य पदाधिकारीहरु, पूर्व उपाध्यक्ष नन्द गुरुगं, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सिड्नीबाट आएका आम नेपालीहरु । क्यानबेरा क्षेत्रका नेपालीहरुको भब्य उपस्थिति रहेको थियो । बिच बिचमा नेपाली यूवाहरु नेपाल नेपाल भनेर नारा लगॉंउदै मैदान परिक्रमा गरिरहेका थिए ।
![[Tags] 1D65A1B8-8109-4726-B30C-098ADDDA539D-1024x768 अष्ट्रेलियाले खेल जित्यो नेपालले मन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/1D65A1B8-8109-4726-B30C-098ADDDA539D.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 1D65A1B8-8109-4726-B30C-098ADDDA539D-1024x768 अष्ट्रेलियाले खेल जित्यो नेपालले मन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/9F29B5D7-2458-44D6-85B0-05F902124D82.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 1D65A1B8-8109-4726-B30C-098ADDDA539D-1024x768 अष्ट्रेलियाले खेल जित्यो नेपालले मन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/1E50C99C-AB14-4D0A-A048-B7619260EBB9.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 1D65A1B8-8109-4726-B30C-098ADDDA539D-1024x768 अष्ट्रेलियाले खेल जित्यो नेपालले मन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/6440968C-FF93-4BE7-A521-A227998C9436.jpeg?resize=460%2C276&ssl=1)
![[Tags] 1D65A1B8-8109-4726-B30C-098ADDDA539D-1024x768 अष्ट्रेलियाले खेल जित्यो नेपालले मन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/D55B2BBB-2054-4744-9EEA-76452461F605.png?resize=640%2C360&ssl=1)
![[Tags] 1D65A1B8-8109-4726-B30C-098ADDDA539D-1024x768 अष्ट्रेलियाले खेल जित्यो नेपालले मन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/F60D958D-52BC-420D-A076-A73D057D23D5.png?resize=640%2C360&ssl=1)