बिनायक अधिकारी
क्यानबेरा : पहिलो शो हाउसफुल भएपछि क्यानबेरामा छ माया छपक्कै को दोस्रो शो हुने भएको छ । एउटा गाँउको पानी र राजनीतिको कहाँनीमॉं दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै’ । पहिलो शो सोचेजस्तै हाउसफुल भएको र दोस्रो शो को लागी अनुरोध आएको हुनाले नोभेम्बर २ सनिबारका दिन बेलुका छ बजे इभेन्ट्स सिनेमा मानुकामा दोस्रो शो गर्न लागीएको दिबास इभेन्ट्सका बिशेष बरालले बताउनुभयो ।नेपाल लगाएत अन्य देशहरुमा पनि छ माया छपक्कैले राम्रो ब्यापार गरिरहेको छ ।
समाजको लागि राजनीतिमात्र पूर्ण हैन । राजनीतिलेमात्र न समाज चल्न सक्छ, न परिवारनै । राजनीतिमा परिवारको आवश्यकता, समाजको आवश्यकता र आफ्नै आवश्यकता पूरा गर्नको लागि पनि माया, प्रेम, अध्ययन र सहयोगीको आवश्यकता पर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ चलचित्र ‘छ माया छपक्कै’ले । हो यहि सन्देशको लागि चलचित्रमा केकी अधिकारीको प्रवेश भएको छ जलको भूमिकामा । पात्र, परिवेश र पस्थिति अनुसारको भूमिकामा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतको अभिनय उत्कृष्ठ छ ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त ब्यानरमा निर्माण भएको ‘छ माया छपक्कै’को लेखन र निर्देशनमा दिपेन्द्र लामा जमेका छन् भने दीपकराज गिरीको पटकथा पनि स्तरिय मान्न सकिनेछ ।
![[Tags] 6479A2B5-0365-4E35-8652-206D0C647523-724x1024 हाउसफुल ‘छ माया छपक्कै’ : क्यानबेरामा दोस्रो शो हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/6479A2B5-0365-4E35-8652-206D0C647523.jpeg?resize=640%2C905&ssl=1)