प्रीति कौर
दुख सुखमा साथ तिम्रै पाइ रहु
जस्तै मोड आएनि तिमीसङै रमाइ रहु
दुख सुखमा साथ तिम्रै पाइ रहु
प्रेमको यात्रामा सगसगै पाइला चालौला
एकअर्काको मलमबनी दुखदर्द टालाैला
यसरी नै सधैभरि प्रेमगीत गाई रहु
जस्तै मोड आएनि तिमीसङै रमाइ रहु
हाम्रो सानो संसार मायाले रंगाैला
जिन्दगीको सागर यसैगरी तरौला
जन्म जन्म तिमीसितै चोखो प्रीत लाई रहु
जस्तै मोड आएनि तिमीसङै रमाइ रहु
बानेश्वर, काठमाडौं ।
Total Page Visits: - Today Page Visits: