बिनायक अधिकारी

हामी छातिमा देश बोकेर बिदेशिएका छौं याने मुटुमा देश छ अनि देश दुख्दा दुख्ने सबै कुराहरु मुटुमै छन् । हामी देशमा केहि आपद बिपद पर्दा सहयोग गर्न हर समय तयार भइरहेका छौं र सहयोग गरिरहेका छौं । पहाडमा भुकम्प ऑंउदा होस या तराइमा बाढि ऑंउदा । कसैलाइ किड्नि फेर्न परोस वा मुटु सल्यक्रिया गर्न । गॉंउमा मन्दिर होस या स्कुल या शहरमा अस्पताल होस या अन्य केहि यि हातहरुले सबैकुराहरु गरिरहेकै छन् । तर यो सहयोग कहिले सम्म अनि नेपाल सरकार जनताप्रतिको उत्तरदायित्व हुने कहिले ?

यतिबेला बिश्व कोरोनाको चपेटामा छ । यो चपेटाबाट नेपाल पनि सुरक्षित हुन सकेको छैन याने अझै संक्रमण र मृत्यु दर बढ्दो छ । यस्तो अवस्थामा राष्ट्रपति, प्रधानमत्री र सरकारी निकायलाइ हॉंसि मजाक छ । यस्तो बेलामा भएको सरकार भ्रष्टाचार र कमिसन तन्त्रमा लुप्त छ । हामी देश बाहिर छौं हामीलाइ देशसंगै आफनै परिवार हेर्नु छ । यस्तो बेलामा हामी ऑंफै पनि कोरोनाबाट त्रसित छौं । हामीले हामी ऑंफैलाइ हेर्नु छ । नेपालमा रहेका परिवार हेर्नु छ अनि देश । देशलाइ यतिबेला अस्पताल चाहिएको छ, बिरामीका लागी बेड चाहिएको छ, डाक्टर नर्स र अन्य कर्मचारी चाहिएको छ अनि सबैभन्दा धेरै अक्सीजन चाहिएको छ । हो हामीलाइ देशको अवस्थाले पिरोलीरहेको छ तर के बाहिर बस्ने भन्दैमा पैसाको बोट त छैन नि टिपेर पठाउने । जति बेला देशलाइ गार्हो पर्ने बित्तिकै पैसा उठाउदै पठाउदै गर्नुपर्ने अवस्था हो भने सरकार किन चाहियो देशमा ? लुट्न!
हरेक दिन बिदेशमा रहेकाले पठाएको रेमिट्यान्सबाट देश चलाउनु पर्ने अनि सरकार त्यहि पैसामा भ्रष्टाचार गर्ने । भुइचालो जॉंदा पठाएको पैसा कता गयो? त्यत्रा सामानहरु कता गए? जो मुख्य मुइचालोबाट प्रभावित थियो उसले आजसम्म सरकारबाट केहि सहयोग पायो कि पाएन ? ति कुराहरुको उत्तर कसले दिन्छ ? देशमा सरकार छ कि छैन ? जनताले सरकारी क्षेत्रबाट पाउनुपर्ने सहयोग पाए कि पाएनन ? यो अवस्थामा सरकारी काम र सहयोग कस्तो हुनुपर्ने हो ? सरकारले जनताको स्वास्थ्य संग सरोकार राख्ने कुराहरु कतैबाट पहल गरियो कि गरेन ?
यो परिस्थिति कसरि आयो भन्दापनि यो अवस्थामा कस्तो सजगता अपनाउनु ठुलो कुरा हो । सरकार सदैव जनताका सरोकारी कुराहरुमा उदासिन हुने र बिदेशमा रहेका नेपालीले नेपालमा जे परेपनि गरिदिइरहनु पर्ने यो कस्तो बाध्यता हो ? म मात्रै होइन सबैका आफनै ब्यक्तिगत परिस्थितिहरु छन् । यहॉंपनि काम नगरि दाम ऑंउदैन । घरको लोन, गाडीको लोन देखि परिवारका रेखदेख गर्नै पर्ने हुन्छ त्यसपछि आफना परिवार पनि हेर्नै पर्यो । संधै बिदेशमा गएकाले सहयोग गरेनन् भन्दा पनि संधै बिदेशको मात्रै मुख ताकेर सरकारको काम कर्तब्य चॉंहि के हो भन्ने मेरो मुख्य चासो हो ।

यो बिषम परिस्थितिमा म देश रोइरहँदा टुलुटुलु हेरेर बसेको होइन । पहिला म ऑंफै पनि कतिबेला कोरोनाले आक्रमण गर्ला कि भनेर त्रसित छु र कोरोनाको कहरमा छु अनि त्यसपछि मेरो परिवारको हेरबिचार गर्नै पर्छ । मेरै परिवारमा पनि कोरोनाबाट मृत्युपत्रमा नाम लेखिइसकेको छ । म मलाइ, मेरो परिवार लाइ हेरौं कि देशलाइ ? मैले थोरै सहयोग गरेर म सकिन्छु भनेको होइन तर सरकारसंग पैसा नभएर जनतालाइ अक्सिजन दिन नसकेको हो कि पहल नभएर ? देशमै हुनेहरुले पनि बिदेशीलाइ पैसा पठाइदेओ भन्नका साटो सरकारलाइ घचघच्याउने हो कि ? यो अवस्था आएको नेपाल मात्रै त होइन बिश्वका अधिकांश मुलुकहरु कोरोना बाट प्रभावित छन् ।

सरकारका प्रमुख भनौं या देशकै प्रमुखलाइ हॉंसी मजाक छ । कहिले बेसार पानी, कहिले बेलॉउतिको पात त कहिले इम्युन राम्रो छ भन्ने सोच्यॉंथे । अरे यार यो पनि कुनै देशको प्रधानमत्रीले जनतासंग गर्ने संवाद हो ? देश हाक्ने संग कुनै योजना, भीजन, जिम्मेबारी बोध, परिपक्कता हुनु पर्दैन । संधै प्रतिपक्ष संग वा आफनै पार्टिका फरक बिचारसंग पैठेजोरी खेलेर देश चल्छ ? अनि यो बिषम परिस्थितिमा सरकार ढाल्नु छ, नयॉं बनाउनु छ त्यो पनि नभए चुनावको मिति तोकेको छ कठै मेरो सरकार । जनताले लास पोल्ने ठॉंउ भएन भन्दा सपथमा हॉंस्न मजाक छ अनि म यता घण्टे काम हानेर मेरो देश सकियो भनेर तनावमा छु । कठै हामी बिना बावुका सन्तान जस्ता । देश भएर पनि बेघरबार जस्ता अनि सरकार भएर पनि कोहि नभएका जस्ता ।

Total Page Visits: - Today Page Visits:
Shares